भक्तपुर, २९ साउन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । वर्षासँगै हनुमन्ते खोला र मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि डुबानमा परेको हो ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको सूर्यविनायक बाराही स्थान आसपासका बस्ती र भूकम्पपीडितको टहरामा बाढी पसेको स्थानीयवासी भरत श्रेष्ठले बताउनुभयो ।

भूकम्पपीडितको टहरामा बस्ती पसेपछि उनीहरु आफन्तकामा आश्रय लिन गएका छन् । त्यस्तै हनुमन्ते खोलामा आएको बाढीले बालकोटको खोला आसपासको बस्ती पनि डुबानमा पारेको छ ।

यता बालकोट हाइटमा सातवटा घर डुबानमा परेको सूर्यविनायक नगरपालिका–२ बंगलामुखी मार्गका पुरण न्यौपानेले जानकारी दिनुभयो ।

मनोहरा खोलामा आएको बाढीले लोकन्थली जडीबुटी क्षेत्रमा रहेको सुकुम्वासी बस्तीलाई समेत डुबानमा पारेको छ । करिब २० घर डुबानमा पर्दा सुकुम्वासीमा त्रास बढेको स्थानीयवासी रामबाबु मगरले जानकारी दिनुभयो । यता भक्तपुरको बालकोट र ललितपुरको सिमानामा पर्ने गोदावरी खोलामा आएको बाढीले आसपासमा बनेका नयाँ बस्तीलाई डुबानमा पारेको छ ।

कतिपय बन्दै गरेको घरको निर्माण सामग्री बाढीले बगाएको र नयाँ बस्तीमा खोला पसेपछि खोला किनाराका बस्तीका बासिन्दा त्रासमा बस्नुपरेको बालकोट–२ का रामशरण थापाले जानकारी दिनुभयो ।

यता, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले भने बस्ती डुबानमा परेको र उद्धार गर्नुपर्ने अवस्थाका बारेमा जानकारी नआएकाले उद्धारमा प्रहरी नखटिएको प्रतिक्रिया दिनुभएको छ । रासस

भक्तपुरमा वर्षा र बाढीले वस्ती डुबानमा, यस्तो छ पछिल्लो स्थिति
Leave a Comment
Leave a Comment