Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, बैतडी । बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

पहिरोको हिसाबले डिलाशैनीको बांगाबगर र रुद्रेश्वर उच्च जोखिममा छ भने दोगडाकेदारको सित्तड र न्वाली पनि उच्च जोखिममा रहेका छन् ।

यसैगरी, पुरचौँडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन् । ती ठाउँमा वर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । ती ठाउँमा ठूलो पहिरो भएकाले स्थानीयस्तरको पहलले रोकथाम गर्न नसकिने बताइएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद्को सामना गर्नका लागि आवश्यक जनशक्ति, सामग्री, सीपलगायतको आँकलन गरिएको छ । रासस