सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंल"/>

2026-11-02 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने

सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंलगामा सम्पन्न १५ औ वार्षिक साधारण सभाले  एम्नेष्टीले गर्ने कार्य, गतिविधि लगाएतका विषयमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको संयोजक झविन्द्र शर्माले बताउनुभयो । 

साधारण सभाले समितिमा रिक्त रहेको सचिव पदमा कार्यसमिति सदस्य हेमराज खनाललाई र कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य रिमा खनाललाई सर्वसम्मत नियुक्त गरेको छ । रिक्त दुई सदस्य पदमा गोपाल विक्रम शाह र रञ्जना श्रेष्ठलाई सर्वसम्मत रुपमा नियुक्त गरेको छ ।

साधारण सभालाई सम्वोधन गर्दै  कार्यक्रमका प्रमुख अतिथि एम्नेष्टी इन्टरनेश्नल नेपालका केन्द्रिय सदस्य पार्वता आचार्यले समुह ३६ प्युठानले जिल्लामा उत्कृष्ट कार्यहरु गर्दै आईरहेको वताउनुभयो । जिल्लामा युथ नेटवर्क र सदस्यको संख्या वृद्धि गर्न उहाँले आग्रह गर्नुभयो । साथै उहाँले एम्नेष्टीले आप्रवासी कामदारहरुको अधिकार सुनिश्चित गर्न विश्वव्यापी रुपमा कार्य गरिरहेको वताउनुभयो । 

साधारण सभाको उद्घाटन सत्रमा प्युठान क्याम्पसका प्रमुख कल्पना खड्का, हरप्लेस प्युठानका जिल्ला संयोजक पम्फा पन्त, महिला सहयोग मन्चका अध्यक्ष पार्वती श्रेष्ठ, रेडक्रस प्युठान साखा मन्त्रि दामोदर शर्मा ले मन्तव्य राख्नुभएको थियो । 

एम्नेष्टी इन्टरनेश्नल समुह ३६ का जिल्ला संयोजक झविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा कार्यसमिति पदाधीकारी, साधारण सदस्य लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपसंयोजक केशर रोका, वार्षिक प्रगति प्रतिवेदन सदस्य कमल थपलिया र संञ्चालन सचिव हेमराज खनालले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द