सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंल"/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने

२०७४, ३१ श्रावण मंगलवार १०:१०


सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंलगामा सम्पन्न १५ औ वार्षिक साधारण सभाले  एम्नेष्टीले गर्ने कार्य, गतिविधि लगाएतका विषयमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको संयोजक झविन्द्र शर्माले बताउनुभयो । 

साधारण सभाले समितिमा रिक्त रहेको सचिव पदमा कार्यसमिति सदस्य हेमराज खनाललाई र कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य रिमा खनाललाई सर्वसम्मत नियुक्त गरेको छ । रिक्त दुई सदस्य पदमा गोपाल विक्रम शाह र रञ्जना श्रेष्ठलाई सर्वसम्मत रुपमा नियुक्त गरेको छ ।

साधारण सभालाई सम्वोधन गर्दै  कार्यक्रमका प्रमुख अतिथि एम्नेष्टी इन्टरनेश्नल नेपालका केन्द्रिय सदस्य पार्वता आचार्यले समुह ३६ प्युठानले जिल्लामा उत्कृष्ट कार्यहरु गर्दै आईरहेको वताउनुभयो । जिल्लामा युथ नेटवर्क र सदस्यको संख्या वृद्धि गर्न उहाँले आग्रह गर्नुभयो । साथै उहाँले एम्नेष्टीले आप्रवासी कामदारहरुको अधिकार सुनिश्चित गर्न विश्वव्यापी रुपमा कार्य गरिरहेको वताउनुभयो । 

साधारण सभाको उद्घाटन सत्रमा प्युठान क्याम्पसका प्रमुख कल्पना खड्का, हरप्लेस प्युठानका जिल्ला संयोजक पम्फा पन्त, महिला सहयोग मन्चका अध्यक्ष पार्वती श्रेष्ठ, रेडक्रस प्युठान साखा मन्त्रि दामोदर शर्मा ले मन्तव्य राख्नुभएको थियो । 

एम्नेष्टी इन्टरनेश्नल समुह ३६ का जिल्ला संयोजक झविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा कार्यक्रममा कार्यसमिति पदाधीकारी, साधारण सदस्य लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपसंयोजक केशर रोका, वार्षिक प्रगति प्रतिवेदन सदस्य कमल थपलिया र संञ्चालन सचिव हेमराज खनालले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना