पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ३१, बैतडी ।</b> सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिनुभयो । </p><p>उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी हुँदाहुँदै राति नै उनेको मृत्यु भएको बताइएको छ । रासस </p>

