<p><b>भदौ १, मेलम्ची । </b>मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ । <br></p><p>सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । </p><p>दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ । रासस </p>
