<p><b>भदौ २, मेलम्ची ।</b> सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । <br></p><p>भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार छ महिना कैद र रु दुई हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाईमेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । </p><p>दोषी माझीलाई आइतबार अदालत बुझाइने बताइएको छ । रासस </p>
August 18, 2017
समाज, सिन्धुपाल्चोक - SDP
१० वर्षदेखि फरार अभियुक्त सिन्धुपाल्चोकबाट पक्राउ
By kit
2 मिनेट पढाइ










