Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नक्कली गहना बेच्ने पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ६, नेपालगन्ज । नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरु बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो ।

नेपालगन्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ गरिएका ती अभियुक्तबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो । बाँके प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको बताउनुभयो ।

“हामीले अभियुक्तबाट कोही ठगिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेका छौँ, प्रहरीले पनि यस सम्बन्धमा थप अनुसन्धानसमेत गरिरहेको छ”, उहाँको भनाइ थियो । रासस