2026-09-12 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साका आठसय परिवारलाई राहत वितरण

भदौ ७, पर्सा । बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पर्साको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँमा मंगलबार गृह मन्त्रालयले पठाएको राहत सामग्री वितरण गरियो । 

बाढीबाट प्रभावित भएका तीन गाउँका ८०० परिवारलाई गृह मन्त्रालयले पठाएको राहत सामग्री नेपाल रेडक्रश सोसाइटी पर्साले वितरण गरेको हो । 

गाउँको नाम किटान गरी गृह मन्त्रालयले पठाएको राहत सामग्रीलाई पीडितसमक्ष पु¥याएको नेपाल रेडक्रश सोसाइटी पर्साका अध्यक्ष फुल महम्मद मियाँले जानकारी दिनुभयो । उहाँले बाढीबाट प्रभावित रहेका पर्साको सम्भौतामा ३०० परिवारलाई, जयमंगलापुर र मिर्जापुरमा २५०÷२५० परिवारलाई पूर्ण राहत सामग्रीको प्याकेट वितरण गरिएकोे बताउनुभयो । 

“साउन २६ गतेदेखि भएको डुबानमा सबैभन्दा बढी प्रभावित मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँ भएका थिए । तीनवटै गाउँमा आउने जाने सडक बाढीले बगाएपछि सम्पर्कविहीन भएकाले डुबान भएको चौथो दिनमात्र (अर्थात् साउन ३० गते) देखि स्थानीय प्रहरी, प्रशासन तथा विभिन्न संघसंस्थाले उद्धार र राहत कार्य शुरु गरेका हुन्” अध्यक्ष मियाँले जानकारी दिनुभयो । 

उहाँले तीनवटै गाउँमा हाल पनि आउने जाने सडक नभएकाले राहत सामग्री वितरण गर्ने संघसंस्था पुग्न नसक्दा सो क्षेत्रका बासिन्दा राहत तथा उद्धारबाट प्रभावित हुँदै आएको जानकारी दिएपछि तीनवटै गाउँको नाम किटानी गरी गृह मन्त्रालयले पूर्ण राहत सामग्रीको प्याकेट पठाएको बताउनुभयो । 

गृह मन्त्रालयले पठाएको प्याकेटमा चामल, चाउचाउ, त्रिपाल, कम्बल, बच्चाको कपडा, भाँडाको सेट, चिउरा, दालमोठ, साबुन, पानी सफा गर्ने औषधि, जीवन जल, सेनेटरी प्याड, महिलाको लुगालगायतका समान रहेको अध्यक्ष मियाँको भनाइ रहेको छ । 

साउन २६ गतेदेखि ३० गतेसम्म लगातार परेको चार दिनसम्मको अविरल वर्षका कारण पर्साको मिर्जापुर गाउँमा ५० घरमा पूर्णरुपमा क्षति पुग्नुका साथै २०० घरमा आंशिक क्षति पुगेको छ भने जयमंगलापुर गाउँमा ५० घर पूर्णरुपमा क्षति हुनुका साथै २५० घरमा आंशिक क्षति र सम्भौता गाउँमा रहेका ५० घर पूर्ण क्षति हुनुका साथै २०० घरमा आंशिक क्षति भएको रेडक्रश पर्साले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा