प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा "/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सरुमारानिको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न

प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा सम्पादित योजना तथा कार्यक्रमहरु बारे समिक्षा गरिएको हो।मंगलवार जिल्लाको सरुमारानी गाउपालिका अन्तर्गतका स्वास्थ्यसंस्थाहरुको बार्षिक समिक्षा सकिएको छ । 

दुई दिने गाउंपालिका स्तरिय बार्षिक समिक्षा कार्यक्रममा गाउंपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहबाटै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता जनाउदै यो क्षेत्र स्वास्थ्यका हिसावले संबेदनशिल क्षेत्र भएका कारण  विशेष सहयोगी भुमिका निर्बाह गर्नका लागि  स्वास्थयकर्मिहरुलाइ आग्रह गरे ।

समिक्षा कार्यक्रममा बोल्दै कार्यकारिणी अधिकृत सारदा रजौरेले स्थानिय निकायले नै स्वास्थ्यको जिम्मा लिनुपर्ने भएकाले यसै समिक्षा गोष्ठिमा पहिचान भएका स्वास्थ्य समस्या र बनाइएका कार्ययोजना अनुसारको संशोधन गर्नमा उचित पहल गर्ने बताइन।दुई दिन सम्म संचालन भएको गोष्ठिमा स्वास्थ्य संयोजक हिरण्यराज शर्माले आर्थिक बर्ष २०७४:७५ का लागि पेश भएका र स्वीकृत गरिएका स्वास्थ्य कार्यक्रम बारे जानकारी दिएका थिए।कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न  भएका कार्यक्रम केन्द्रीत छलफल,विभिन्न सुचकहरु माथी टिप्पणि, कार्यक्रमको प्रगतीहरुको बारेमा बृहत् छलफल समेत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदिले जानकारी दिए।स्वास्थ्य गाउंपालिका बनाउन सबै जनप्रतिनिधी अग्रसर हुनुपर्ने सुबेदिको भनाइ थियो ।

संघिय संरचना अनुसार जिल्लामा यश बर्ष स्वास्थ्य क्षेत्रमा सम्पादित कार्यक्रमका बारेमा  बार्षिक समिक्षा कार्यक्रम जिल्लाका नौ वटै  स्थानियतहमा गर्न लागिएको जिल्ला स्वास्थय कार्यालयका सुपरिबेक्षक डोर बहादुर वस्नेतले जानकारी दिए।भाद्र दोस्रो साता सम्ममा जिल्लाका सबै स्थानिय तहमा बार्षिक समिक्षा सम्पन्न गरिसक्ने जिल्ला स्वास्थ्य कार्यालयको योजना छ।कार्यालयका अनुसार अहिले सम्म सरुमारानी सहित जिल्लाको ऐरावती,झिमृक र गौमुखी गाउंपालिकाको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई