भदौ ७, बुटवल | रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाहरुको  संयुक्त आयोजनामा ११ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, बुटवल | रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाहरुको  संयुक्त आयोजनामा ११ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएक"/>

2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रधानमन्त्री दैवी प्रकोप कोषमा रुपन्देहीका संघ संस्थाले दिए ११ लाख ३८ हजार

भदौ ७, बुटवल | रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाहरुको  संयुक्त आयोजनामा ११ लाख ३८ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएको छ । बुधवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी सञ्जाल रुपन्देहीका संयोजक तथा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली लाई  चेक प्रदान गरे । 

नवआगन्त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत तथा राहत हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक खरेलले मानविय सेवा भावले विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीतामा गठन सञ्जाल गरी सहयोग गरिएको जानकारी दिए । उनले विगतमा बर्षमा भुकम्प पिडीतहरुलाई पनि सोही प्रकृतिको सहयोग सञ्जालबाट गरिएको जानकारी दिदै संयोजक खरेलले राहतको उचित रुपमा सदुपयोग हुनेमा आफ विश्वस्त रहेको समेत  बताए । 

कार्यक्रममा  बोल्दै रुपन्देही जिल्लाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले सराकात्मक परिर्वतनको लागि ईमान्दारीता पुर्वक कानुनको कार्यान्वयन गर्नको लागि आफु जहिले पनि तयार रहेको भन्दै जिल्लाको शान्ती सुरक्षाको विषयमा आफु जहिले पनि सजन रहेको बताएका थिए ।  उनले राहत रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने भन्दै यसको पूर्णरुपमा सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गरे ।  जिल्लामा आफु नयाँ भएपनि अन्य स्थानमा सेवा गरेको अनुभव रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मैनालीले कानुन कार्यान्वयनमा आफुले कुनै कसर वाँकी नराख्ने बताएका थिए । 

यस्तै नवआगन्त रुपन्देही जिल्लाका प्रहरी प्रमुख एस्पी श्यामलाल ज्ञवालीले चार्ड पर्वमा विभिन्न अपराधिक गतिविधिहरु सल्बलाउने भन्दै यसमा सजह रहनको लागि उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे  । उनले भने–‘शान्ती सुरक्षा  चुस्तदुरुत राख्नको लागि हामी जहिले पनि तयार छौ । ’

कार्यक्रममा नेपाल यातायता राष्ट्रिय महासंघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका  उपाध्यक्ष दिनेश पाण्डे, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, रुपन्देही उद्योग संघका महासचिव माधव  पोख्रेल, नेपाल राष्ट्रिय यद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिम श्रीस, पश्चिमाञ्चल पेट्रोलिय व्यवसायी संघका अध्यक्ष प्रेम न्यौपाने लगायतले बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द