२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

रजत महोत्सवको अवसरमा सम्मान

२०७४, ८ भाद्र बिहीबार ०४:४९

भदौ ८, भक्तपुर । भक्तपुर विकास सहयोग संघले आफ्नो २६औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । 

संघले भक्तपुरको कला, संस्कृति, इतिहास, साहित्य, शिक्षा, संगीत, स्वास्थ्यलगायत विषयमा महत्वपूर्ण योगदान पुरयाउने व्यक्तित्वलाई सम्मान गरेको हो । 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इतिहासविद् एवं संस्कृतिविद् पुरूषोत्तमलोचन श्रेष्ठ, समाजसेवी श्यामसुन्दर धौभडेल तथा संगीतकार दीपक जंगमलाई सम्मान गर्नुभयो । 

त्यस्तै, भक्तपुरका चारवटा नगरपालिका– भक्तपुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख, भक्तपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाल अर्बुदरोग निवारण संस्था, सिबिआर, नेपाल साहित्य मन्दिर, विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, नेपाल भाषा साहित्य तस्मुंज्या, भक्तपुर साहित्यिक समाजलगायत दुई दर्जन संस्थालाई पनि सम्मान गरियो । 

सो अवसरमा संघको मुखपत्र ‘खोपृङ’को विविध लेखलाई संग्रह गरी प्रकाशित ‘खोपृङ संग्रह–१’ को अध्यक्ष बिजुक्छे र संघका अध्यक्ष राजाराम जोशीले संयुक्तरूपमा लोकार्पण गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ