२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

२०७४, ८ भाद्र बिहीबार ०८:५१

राकेशकुमार मिश्र। भदौ ८, खजुरा बाँके । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गर्ल्यामगुर्लुम ढलेदेखि उहाँलाई सन्चो छैन । 

बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । भाइरल ज्वरोले समातेपछि उहाँले खानासमेत खानुभएन । 

पानी तताउने र तातो भात तथा जाउलो पकाउने ठाउँ समेत छैन उहाँको घरमा । तरकारी र अन्नपात बाढीले बगाएका कारण उहाँको परिवारले बिहान मात्र खाना पकाउँछ । ूखान पाएपनि भात र तरकारी चिसो हुन्छ,ू समिरले भन्नुभयो, ूचाउचाउ बिस्कुट खाँदाखाँदा वाक्क लागिसक्यो ।ू 

उहाँको किताब, कापी र कलम ढलेको घरमै पुरिएको छ । किताब, कापी घरमा पुरिएपछि उहाँ निराश हुनुहुन्छ । ूबिरामी भएर पढ्न जान पाएको छैन, किताव, कापी समेत घरमा पुरियो, अव के लिएर पढ्न जाने होला रुू उहाँले भन्नुभयो । 

राप्ती–सोनारी गाउँपालिका–६, मोहनपुरकी ममता शाही पनि एक हप्तादेखि विद्यालय जान पाउनुभएको छैन । उहाँ अध्ययनरत सरस्वती मावि पनेरियामा बाढीपीडितले आश्रयस्थल बनाएको र किताब, कापी लगायत शैक्षिक सामग्री विद्यालयले बगाएकाले उहाँले एक हप्तादेखि विद्यालय जान पाउनुभएको छैन । 

ूकिताब, कापी नदीले बगाएर लग्यो, बचेको पनि भिजेर काम नलाग्ने भएकाले विद्यालय जान सकेको छैन,ू ममताले भन्नुभयो । 

बाढी आएदेखि राप्ती–सोनारी गाउँपालिका–४, लालपुरका १३ वर्षीया लक्ष्मी चौधरीले विद्यालय जान पाउनुभएको छैन । उहाँ अध्ययनरत श्री भावना निमावि माहुमा बाढीपीडितले आश्रयस्थल बनाएर बसेकाले उहाँले पनि विद्यालय जान पाउनुभएको छैन । 

विद्यालय जान मन भएपनि उहाँसँग न त किताब न त लेख्ने कापी र कमल नै छ । ूकिताव, कापी जोगाउने प्रयास गरेको थिएँ, एक्कासी बाढी आएकाले केही गर्न सकिएन,ू लक्ष्मीले भन्नुभयो । 

बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनीय बन्दै गएको मात्र हैन उनीहरु शिक्षा आर्जनको अवसरबाट समेत बन्चित हुनपुगेका छन् । बालबालिकामा रुघाखोकीले समात्ने, ज्वरो आउने, टाउको दुख्ने समस्या देखा परेको राप्ती–सोनारी गाउँपालिका–४ का वडा अध्यक्ष कान्छा चौधरीले बताउनुभयो । 

सिविन नेपाल नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बाढी प्रभावित बैजापुरका बालबालिकामा मानसिक असर देखिएको बताउनुभयो । उहाँका अनुसार बाढी पसेको, घर ढलेको र तहसनहस भएको देखेका बालबालिकामा डर कायमै रहेको छ । बालबालिकाको किताब, कापी बाढीले बगाएको र पानीले भिजेर पढ्न नमिल्ने भएको पाइएको उहाँले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ूबालबालिकाको अवस्था दयनीय छ । कतिपय भाइरल ज्वरोका कारण थलिएका छन् । उनीहरुले उपचार समेत पाएका छैनन् ।ू 

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका निर्देशक मुरारी प्रसाद खरेलले पनि बाँकेका बाढी प्रभावित क्षेत्रका बालबालिकाले समयमा खाना खान नपाएको र सुत्ने ठाउँ समेत नपाएको बताउनुभयो । 

बाढीले जिल्लाका १४ हजार ९९५ विद्यार्थीको पढाइ प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको बाढीले क्षति पु¥याएपछि ८१ वटा विद्यालयको पठनपाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार जिल्लाका २९ वटा विद्यालय आश्रयस्थलका रुपमा प्रयोग भएका छन् । उहाँले राप्ती–सोनारीका १८ वटा विद्यालयलाई बाढी पीडितले आश्रयस्थल बनाएको जानकारी दिनुभयो । 

सामुदायिक भवन नभएका कारण बाढीपीडितहरु सामुदायिक विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गरिरहेका छन् । ‘पठनपाठनभन्दा मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर आश्रयस्थलका रुपमा प्रयोग गर्न दिइएको छ,’ जिल्ला शिक्षा कार्यालय भन्छ । 

राप्ती–सोनारी गाउँपालिकामा ५२ विद्यालय छन् । सो गाउँपालिकाअन्तर्गत पर्ने विनौना स्रोत केन्द्रमा पर्ने बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका ९ हजार ८८१, कक्षा ६ देखि ८ सम्मका ३ हजार ६९८, कक्षा ९ देखि कक्षा १० का १ हजार ४०७ र कक्षा ११ देखि १२ का ६९ विद्यार्थीको पढाइ प्रभावित भएको थाहाभएको छ । 

स्रोत: रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु