<p><b>भदौ ८, मेलम्ची ।</b> सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट आज प्रहरीले पक्राउ गरेको छ । <br></p><p>विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र रु दुई हजार जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका बस्ने ३० वर्षीय केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो । २०७० साल मंसिर १६ गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँ बस्ने चित्रबहादुर डोटेलको मृत्यु भएको थियो । </p><p>लुकीछिपी फटकशिलाबेसीमा बसिरहेका निजलाई मेलम्ची इलका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । अभियुक्तलाई शुक्रबार जिल्ला अदालतमा पेस गरिने भएको छ । रासस </p>
सिन्धुपाल्चोकमा सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

