2026-11-02 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोहोर व्यवस्थापन नहुँदा मेलम्ची बजार दुर्गन्धित

आदित्य दाहाल/भदौ ९,  मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाबाट संकलित फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा मेलम्ची बजार निकै दुर्गन्धित हुन थालेको छ ।

मेलम्ची नगरबाट संकलन भएको फोहोरको व्यस्थापन राम्रो नभएकाले धेरै समस्या भोग्नु परेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । नगरबाट संकलन भएको फोहोर जथाभावी नदी किनारमा फाल्दा र सार्वजानिक स्थानमा फोहोरको थुप्रो लाग्दा वातारण प्रदूषित मात्र नभएर विभिन्न रोगको समेत प्रकोप फैलन थालेको छ । 

मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयवासीले आरोप लगाएका छन् । २०७३ साल साउनमा तत्कालीन नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहोर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा रु तीन लाख बजेट विनियोजन गरी फोहोर फाल्ने खाल्डो बनाएका थिए । 

नगरपालिकाजस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहोरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयवासीले सर्वत्र विरोध गरेका थिए । बस्ती नजिकै फोहोरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयवासीले नदीको किनारमा फोेहोरको खाल्डो खनेको प्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहोर फाल्न दिएका थिएनन् । 

स्थानीयवासीले खाल्डो खन्नमा लगानी भएको रु तीन लाख व्यर्थमा गएकाले उक्त रकम तत्कालीन नगरपालिका प्रमुखबाट उठाउनुपर्नेसमेत माग राखेका थिए । खाल्डो प्रयोगविहीन भएको र खाल्डो बनाउन लागेको रकमसमेत हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका थिए । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि गाडी उपलब्ध भएपनि अहिले उक्त गाडी प्रयोगविहीन भएको छ । 

मेलम्ची नगरपालिकाका बासिन्दा चित्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “गाडी आएको केही महिना फोहोर उठाए पनि नगरपालिकाले अहिले फोहोर उठाउन छोडेको एक वर्ष भएको छ । बजारको चोकचोकमा फोहोरको थुप्रो छ, फाल्नका लागि नगरपालिकाले चासो नदिँदा रुघाखोकी, आउँ, हैजा, औलोजस्ता सरुवा रोगको प्रकोप बढेको छ ।” 

मेलम्चीका अर्का स्थानीय पत्रकार देवराज सुवेदीले फोहोरको कारण बजारको स्वरुप नै कुरुप भएको बताउनुभएको छ । फोहोर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दा समेत बेवास्ता गरेको र छिटोभन्दा छिटो फोहोर व्यवस्थापनमा गर्नेतर्फ नगरपालिका लाग्नुपर्ने सुवेदीले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहोर राख्ने ठाउँ बनाए पनि नगरपालिकाको गाडी अहिलेसम्म फोहोर लिन नआएको मेलम्ची नगरपालिका–१० शिखरपुरका स्थानीयवासी हेमराज खतिवडा बताउनुहुन्छ । 

फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रकोे खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ । मेलम्चीमा इन्टरनेट, वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहोर व्यस्थापनलाई दिनुपर्नेमा मेलम्चीका अर्का स्थानीयवासी तुलाराम दाहालले बताउनुभयो । 

दाहालका अनुसार फोहोरको व्यस्थापन नहुँदा नदी धेरै दुर्गन्धित भएको र फोहोरले मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । बजारबाट संकलित फोहोर अहिले सिधै नदीमा मिसाउँदा बजारको तल्लो भेगमा बस्नेले सोही पानीलाई खानेपानीका रुपमा पिउन बाध्य छन् र यसको रोकथाम हुनुपर्ने दाहालको माग छ । 

फोहोर व्यवस्थापनका लागि बजेट विनियोजन भएपनि फोहोरको व्यवस्थापन गर्न नसकेको कुरा मेलम्ची नगरपालिकाका हाल कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले स्वीकार गर्नुभएको छ । दुलालले फोहोर व्यवस्थापनका लागि डम्पिङ क्षेत्रको खोजी तथा अवलोकन भइरहेको जानकारी दिनुभयो ।

मेलम्चीमा फोहोर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिदै आएको स्थानीयवासी बताउँछन् । नाम नबताउने शर्तमा एक स्थानीयवासीले भने फोहोर व्यवस्थापनका लागि १२ महिनाअघि देखि नगरपालिकामा कुरा राख्दासमेत आश्वासन मात्र दिएर फर्काउने गरेका छन् । नगरपालिका कार्यालयभित्र हुँदा फोहोर व्यवस्थापन भोलिबाट नै शुरु हुन्छ भने पनि हालसम्म फोहोर व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले कुनै कार्ययोजना नबनाएको स्थानीयबासी बताउँछन् । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द