प्रेम सुनार/भदौ ९, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तिज गित नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो  गौडाकोटको राजामा आयोजित त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/भदौ ९, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तिज गित नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो  गौडाकोटको राजामा आयोजित त"/>

2026-09-02 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तिज गीतमा राज गर्यो गौडाकोट राजाले

प्रेम सुनार/भदौ ९, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तिज गित नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो  गौडाकोटको राजामा आयोजित तिज गित  । 

वर्षेनी  गौडाकोट न्यु दिपज्योति युवा क्लवले  आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने तिज गीत  प्रतियोगिता मध्ये उसैको लागि पनि यस वर्षको तीज गीत कार्यक्रम अहिले सम्म कै भव्य थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा भदौ ४  गते देखि भलिवल प्रतियोगिताको उद्घाटन सत्रबाट सुरु भएको वार्षिकोत्सवमको समापन समारोह लगत्तै सुरु भएको तीज गीत प्रतियोगितामा विभिन्न गाउँबाट सहभागि दिदी वहिनीहरुले मौलिकता पस्कीन सफल भएका थिए । 

सदरमुकाम तम्घासको चिदीचौर देखि रिडी सम्मका दर्जनौं स्थानहरुमा तीज गीत कार्यक्रम भएको भए पनि तम्घास सम्मका युवा युवतीहरुको भिड राजको त्यसै कार्यक्रममा थियो । मगर समुदायको वाहुल्य रहेको साविकको गौडाकोट , विरवास यता साविकको दुविचौरका चेलीहरुको भेषभुषा परपरागत थियो । 

राजारुन्खा माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित तिज गीत प्रतियोगितामा नेपाल राष्ट्रिय मगर संघका कार्यवाहक अध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता रहेको थियो । गुल्मी दरवार गाउँपालिकाका प्रमुख अशोककुमार थापा , जिल्ला समन्व्य समितिका शाखा अधिकृत खड्गबहादुर थापा सहित दर्जनौं जनप्रतिनिधी र विभिन्न क्षेत्रका अगुवाहरुको विशेष आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरुलाई मैदान अपर्याप्त हुँदा बन्दै गरेका छतहरु समेत अपुग भई रहेको थियो । 

भलिवल खेल तर्फ ३० हजार नगद पुरस्कार सहित प्रथम स्थान हाँसिल गर्न सफल भएको छ फ्रेण्डस युवा क्लव बडागाउँ । त्यसको नगद पुरस्कारको सौजन्य गरेका थिए साविकको गौडाकोट ४ घर भई वेलायतमा कार्यरत टोपबहादुर पल्लीले ।  दृतिय भएको छ ईन्द्रेणी युवा क्लव गौडाकोट–१ । उसले २० हजार नगद पुरस्कार हात पारेको छ । त्यसको शौजन्य गरेका थिए साविकको गौडाकोट ४  घर भई जापानमा कार्यरत मेयरसिंह पल्लीले । 

१० हजार नगद पुरस्कार सहित तेश्रो स्थानमा चित्त बुझाउनु प¥यो आयोजक टिमले ।  त्यसको सौजन्य कर्ता थिए गौडाकोट ३ घर भई बुटवलमा बस्ने रोहित भुसालले । १० टिम सहभागी तिज गीत तर्फ रेसुङ्गा नगरपालिका १३ को घोर्ले युवा क्लव प्रथम स्थान हाँसिल गरेको छ । 

उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । १० हजार नगद सहित दोश्रो स्थान हाँसिल गरेको छ छत्रदेवि युवा क्लव छत्रकोट गाउँपालिकाले । ५ हजार नगद सहित तेश्रो भएको छ प्रगतिशिल युवा समुह भट्टेचौर ।

उत्कृष्ट नृत्याङक भएकी छिन रेनपा १२ घोर्लेकी गोमा तङनामी । उनले १० हजार नगद पुरस्कार पाएकी छिन् ।  कार्यक्रम व्यवस्थापनका लागि साविकको गौडाकोट गाविसले २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यस्र्तै गौडाकोट पुर्खेका नविन गाह, रेसुङ्गा मिनी माईक्रो यातायात व्यवस्थापन समिति  र नेपाल मगर संघ गौडाकोटका अध्यक्ष भोजबहादुर पुलामीले ५ हजारका दरले सहयोग गरेका थिए भने त्यो भन्दा तलको रकम सहयोग गर्ने दर्जनौ रहेको सचिव अनित बिकले बताए । 

गौडाकोटलाई हरेक वर्षको तीज कार्यक्रमलाई जिल्लाकै उत्कृष्ट र भव्य बनाउन जापान र युकेमा कार्यरत गौडाकोटवासीको देन रहेको अध्यक्ष पदमबहादुर पल्लीले जानकारी गराए । क्लवका अध्यक्ष पदमबहादुर पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार दिलबहादुर खासुको स्वागत मन्तव्य र  सचिव अनिल बिकको सञ्चालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली