पढ्न करिब 2 मिनेट लाग्छ

सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र हैन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्नमै बितेको छ ।

नेपाली महिलाहरुको महान पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट संकलन गरिएको रकमबाट उनीहरुले तराईको बाढिपीडितलाई मलम लगाउने काम गरेका छन् । तीजको अन्तिम ऋषी पन्चमीको दिन उनीहरुले रौतहटको परोहा नगरपालिका–१ मा रहेका जिगडिया बस्तिका दुईसय जना लाई कपडा सहितको खाध्यान्न बितरण गरेका छन् । निराहार ब्रत बसेर महोदबको पुजा आजा र आराधना गरेमा ठुलो पुण्य मिल्ने धार्मीक बिश्वास बिपरित उनीहरु तीजको दर खाने दिन देखि ऋषी पन्चमीको दिन सम्म बाढिपीडितको घर आगनमा राहत बितरण गर्नमै समय बिताएका छन । उनीहरु भन्छन 'कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो' त्यसैले यसपटक राहत संकलन गर्दा गर्दै तीज पर्ब आयो यही मौकामा हामीले रौतहट र सप्तरीका बाढिपीडित लाई राहत बितरण गरेका छौं ।

उनीहरुले सप्तरीको सिसवामा रहेका अठार दलित घर परिवारलाई खाद्यान्न, यस्तै घोड़घासमा बाडीले बगाएको १५ घर परिवारलाई पाच हजार पाँच रुपैया आर्थिक सहयोग समेत गरेका छन् ।

यस्तै रौतहटको परोहा नगरपालिका–९ जिगडवाका बाढि पीडित २० घर परिबार लाई एक महिना पुग्ने गरी नेपाल बिद्यार्थी संघ म्याग्दीले पाँच लाख पचहतर हजार बराबरको खाध्यान्न, दाल चामल, नुन तेल त्रिपाल, ओड्ने ओछ्याउने, लगायतका सामग्री हस्तान्तरण गरेका छन् । म्याग्दीका बिद्यार्थीहरुले खाजा खर्च कटाएर रौतहटका बाढिपीडित लागि राहत संकलन गरेर बितरण गरिएको नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रिले बताउनु भयो । उहाले पुर्नअबस्थामा नआउन्जुले सम्म थोरै सहयोगले पनि ठुलो काम गर्न भएकाले यो सहयोग बाढिपीडित लाई गरिएको बताउनु भयो । भुईचालोले घरबार बिहीन बनेका पहाडका पीडित लाई तराई बाट समेत राहत पुगेको थियो भने यस पटक तराईको बाढि पीडित लाई पहाड बाट समेत राहत आईरहेको छ ।