सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र है"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र है"/>
2026-11-02 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो’- घिमिरे

सञ्जय कार्की | भदौ ११, रौतहट । ब्रत बस्न छाडेर यस पटकको तीजमा नेपाल बिद्यार्थी संघका सहमहामन्त्रि साधना घिमिरेले तराईको बाढि पीडितको घर आगनमा बिताएकी छिन । उनी मात्र हैन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्नमै बितेको छ । 

नेपाली महिलाहरुको महान पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट संकलन गरिएको रकमबाट उनीहरुले तराईको बाढिपीडितलाई मलम लगाउने काम गरेका छन् । तीजको अन्तिम ऋषी पन्चमीको दिन उनीहरुले रौतहटको परोहा नगरपालिका–१ मा रहेका जिगडिया बस्तिका दुईसय जना लाई कपडा सहितको खाध्यान्न बितरण गरेका छन्  । निराहार ब्रत बसेर महोदबको पुजा आजा र आराधना गरेमा ठुलो पुण्य मिल्ने धार्मीक बिश्वास बिपरित उनीहरु तीजको दर खाने दिन देखि ऋषी पन्चमीको दिन सम्म बाढिपीडितको घर आगनमा राहत बितरण गर्नमै समय बिताएका छन । उनीहरु भन्छन ‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो’ त्यसैले यसपटक राहत संकलन गर्दा गर्दै तीज पर्ब आयो यही मौकामा हामीले रौतहट र सप्तरीका बाढिपीडित लाई राहत बितरण गरेका छौं । 

उनीहरुले सप्तरीको सिसवामा रहेका अठार दलित घर परिवारलाई खाद्यान्न, यस्तै घोड़घासमा बाडीले बगाएको १५ घर परिवारलाई पाच हजार पाँच रुपैया आर्थिक सहयोग समेत गरेका छन् । 

यस्तै रौतहटको परोहा नगरपालिका–९ जिगडवाका बाढि पीडित २० घर परिबार लाई एक महिना पुग्ने गरी नेपाल बिद्यार्थी संघ म्याग्दीले पाँच लाख पचहतर हजार बराबरको खाध्यान्न, दाल चामल, नुन तेल त्रिपाल, ओड्ने ओछ्याउने, लगायतका सामग्री हस्तान्तरण गरेका छन् । म्याग्दीका बिद्यार्थीहरुले खाजा खर्च कटाएर रौतहटका बाढिपीडित लागि राहत संकलन गरेर बितरण गरिएको नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रिले बताउनु भयो । उहाले पुर्नअबस्थामा नआउन्जुले सम्म थोरै सहयोगले पनि ठुलो काम गर्न भएकाले यो सहयोग बाढिपीडित लाई गरिएको बताउनु भयो । भुईचालोले घरबार बिहीन बनेका पहाडका पीडित लाई तराई बाट समेत राहत पुगेको थियो भने यस पटक तराईको बाढि पीडित लाई पहाड बाट समेत राहत आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द