Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिन्धुपाल्चोकमा पहिरोले विद्यालय भवन पुरियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, चौतारा । गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ ।

साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताउनुभयो ।

करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै त्यहाँस्थित थारमारे र भुसुने खोलामा बाढीले गहि¥याएर खोंच बनाएकोले बालबालिकालाई आवतजावत गर्न समेत कठिनाइ भएको छ ।

सँगै रहेको ट्रस्टलाई मर्मत गर्नसमेत ठाउँ ठाउँमा सडक भत्किएकाले सामान ढुवानी गर्न कठिनाई भएको हँुदा त्यहाँ अध्यनरत ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको अध्यक्ष तामाङले गुनासो गर्नुभयो । रासस