रमेश गिरी। भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । 

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी। भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । 

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा २५ वर्षपछि महाकाली नाच हुँदै

२०७४, १८ भाद्र आईतवार ०९:५३

रमेश गिरी। भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । 

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर्थ अभावका कारण २५ वर्षदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने भएको हो । 

केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले २५ वर्षअघि सो नाच गाईजात्राको भोलिपल्टदेखि टोलटोलमा नचाइने भए पनि यस वर्ष भने इन्द्रजात्राको भोलिपल्टदेखि मात्रै सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “गाईजात्राको भोलिपल्ट मध्यपुरथिमिमा भैरव नाच र सलःचा प्याखँ प्रदर्शन गरिएकाले महाकाली नाचलाई इन्द्रजात्राको भोलिपल्ट पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने भएको हो, अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ ।” नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै चार रातसम्म टोलटोलमा नचाइनेछ । 

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाचलाई समर्पित गरी सुरु हुने छ । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिका विभिन्न टोलको परिक्रमा गरी चोक चोकमा नाच्ने प्रचलन छ । 

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो । नाचमा देवी, महालक्ष्मी, सिंह र माक एक एक, बेता चार, भूत भैरव, कवां र ख्या दुई दुई तथा गरी १५ जना सहभागी हुन्छन् । देवी सुजन दै श्रेष्ठ, महाकाली अविन प्रजापति र महालक्ष्मी राजु माग श्रेष्ठ, बेता रवि प्रजापति, सन्देश हामो श्रेष्ठ, अमेश नकर्मी र सुजन बसी श्रेष्ठ तथा भूत भैरव सजन दै श्रेष्ठ र प्रकाश बायजू श्रेष्ठ बन्नेछन् । 

त्यसैगरी कवाः देव पिला श्रेष्ठ र सुरज प्रजापति, ख्या रोहन राजवाहक र विकेश पिला श्रेष्ठ, सिंह राजेश पिला श्रेष्ठ र माकमा रोजेन विसिद्यो श्रेष्ठले भूमिका लिनेछन् । 

बाजा बजाउने तथा नाचका गुरुमा केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकां श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ र लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ रहेका छन् । बाजामा मुहाली बजाउनेको भने अभाव छ । 

मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, भैरव नाचका अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठलगायतको प्रेरणाले यस वर्षदेखि सुरु हुन लागेको नाच अब नरोकिने समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । नाच सञ्चालनका लागि करिब रु १५ लाख ८० हजार लाग्ने जानकारी दिँदै उहाँले नगरपालिका, नाचका कलाकार, समितिका व्यक्ति, स्थानीय बासिन्दा र संघसंस्थाबाट रकम संकलन गरेर नाच सञ्चालन गरिने जानकारी दिनुभयो । 

नगरप्रमुख श्रेष्ठका अनुसार नगरको मौलिक परम्परा, ऐतिहासिक एवं सांस्कृतिक परम्परा, पर्व एवं नाचलगायत धरोहरको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ