सप्तरीमा सशस्त्र प्रहरीद्वारा तीन सय पच्पन्न जनाको स्वास्थ्य जाँच

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

भदौ २२, राजविराज। सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ ।

केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घ तथा क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला सङ्घले संयुक्तरुपमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

कार्यक्रममा डलवाका ३५५ जना बाढीपीडितको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीका डा सन्तोष बजगाईं र सन्दीप क्षेत्रीको एक टोलीले स्वास्थ्य जाँच गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै त्यहाँ रहेका २०० बाढीपीडित परिवारलाई राहतसमेत वितरण गरेको सो कार्यक्रममा सहभागी चन्दन यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वक्षेत्रीय प्रहरी बल नेपाल, मु्ख्यालय बराह वाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक जानकीराज भट्टराई, केन्द्रीय सशस्त्र प्रहरी महिला सङ्घका अध्यक्ष सरिता श्रेष्ठ, क्षेत्रीय प्र्रहरी महिला सङ्घकी अध्यक्ष बबिता भट्टराई र सप्तरी सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादव सहितको सहभागिता थियो । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply