२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्यो

२०७४, २४ भाद्र शनिबार ०६:०२

भदौ २४, बैतडी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढी नै छ । 

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आव २०७१/७२ बैतडीमा कूल गर्भवतीको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएकामा आव २०७२/७३ मा बढेर ६६ प्रतिशत पुगेको छ । 

यस्तै आव २०७३/७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ । आव २०७३/७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नाको मुख्य कारण दोहोरो बसाइ रहेको पब्लिक हेल्थ नर्स जोशीले बताउनुभयो । बैतडीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलाली कञ्चनपुरमा छ । 

आव २०७१/७२ मा पाँच हजार १०२ जना गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा आएकामा तीन हजार ६१८ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । आव २०७२/७३ मा गर्भवतीको संख्या पाँच हजार ५० रहेकामा तीन हजार ९६८ स्वास्थ्य संस्थामा सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

आव २०७३/७४ मा पाँच हजार ४८४ गर्भवतीले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराएकामा तीन हजार ९०० मात्रै बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक रहेको छ । 

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेका हुन् ।” 

जिल्लाका १२६ ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा छन् । जिल्लाभरि १६० सुरक्षित प्रसूति केन्द्र सञ्चालन गरी हरेक गर्भवतीवलाई स्वास्थ्य संस्था अर्थात् सुरक्षित प्रसूति केन्द्रमा सुत्केरी गराइएपछि जिल्लालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने भएको छ । 

मातृ मृत्युदरमा कमी 

जिल्लाका चार ठाउँबाट गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि मातृ मृत्युदरमा कमी आएको छ । अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएसँगै गर्भवतीको जटिलताका बारेमा समयमै जानकारी पाइने र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न सकिने भएकाले मातृ मृत्युदरमा कमी आएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिनुभयो । 

हाट स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स जोशीले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा गर्भवतीका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सजिलो भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो । अर्थ अभावमा टाढा गएर गर्भवतीको अवस्थाका बारेमा जाँच गराउन नसक्ने नागरिकका लागि ग्रामीण अल्ट्रासाउण्ड वरदान सावित भएको छ । 

अहिले हाट, पाटन, मेलौलीमा मात्रै महिनामा ६० भन्दा बढी गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिइरहेका छन् । तीमध्ये महिनामा कम्तीमा तीन चार जनालाई सिफारिस गरी पठाउनुपरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज कुँवरले बताउनुभयो । 

अल्ट्रासाउण्डबाट जटिलता छ भनी पत्ता लागेकाहरुलाई बाहिर पठाइएको उहाँले बताउनुभयो । अल्ट्रासाउण्ड सेवा नहुँदा गर्भावस्थामा जटिलता भएका महिलाको ज्यानसमेत जाने गरेको थियो । विनोदसिंह विष्ट/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी