Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा समितिकै सेटिङ्गमा काठ तस्करी, अध्यक्षद्धारा रकम हिनामिना

By kit 13 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ साविकको मुसिकोट गाविसमा रहेको एक सामुदायिक वनमा उपभोक्ता समितिको सेटिङ्गमा काठ तस्करी हुने गरेको खुलासा भएको छ ।

श्रृङ्गेश्वर सामुदायिक वन उपभोक्ता समितिका सिमित पदाधिकारीको मिलोमोतोमा त्यस बनको खण्ड नम्वर ५ अर्मजाको झाँतेखोला भन्ने स्थानमा अखडा बनाई साल काठ र सल्लो काठ ठुलो परिमाणमा तस्करी हुने गरेको खुलासा भएको हो ।

वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीका नजिकका मानिस मानिएका शिवबहादुर नेपालीलाई   त्यस वन नजिकै अवैध फर्निचर सञ्चालन गर्न लगाई काठ कटानी चिरानी गर्दै वामीटक्सार र बाग्लुङ्गको  खर्वाङ्ग लगायतका स्थानमा तस्करी हुँदै  आएको सुराकी पाए पछि शनिवार ईलाका वन कार्यालय तम्घासले छापा मार्दा यस्तो खुलासा भएको हो ।

१ सय ३५ हेक्टर क्षेत्रफल रहेको श्रृङ्गाको वन क्षेत्र मध्ये अत्यन्त गोप्य स्थान खण्ड नम्वर ५ अर्मर्झालाई अखडा बनाई  लामो समय देखि बन एैनले बर्जित गरेको साल काठ तस्करी हुँदै आएको स्थानियले सुराकी दिए पछि आफुहरु छापा मार्न जाँदा त्यस्तो पाईए पछि कटानी र चिरानी भएका काठहरु बरामद गरिएको ईलाका वन कार्यालयका बन रक्षक वावुराम खनालले बताए ।

उनले उक्त काठ तस्करी समितिकै मिलोमोतोमा हुने गरेको बताए । ‘समितिका सिमित ब्यक्तिको मिलोमोतो नभई त्यस्तो हुनै सक्दैन हामीले ति काठहरु नाप जाँच गरी वन कार्यालयको अनुमति विना त्यही राख्ने गरी उपभोक्ताहरुको जिम्मा लगाएर आएका छौं’– खनालले भने–‘ यस कार्यालयका प्रमुख पन्नलाल भट्टराईज्यु यति वेला जिल्ला  बाहिर भएकोले कार्वाही प्रकृया अगाडी बढ्न सकेको छैन् । ’

उनका अनुसार ७ फुट लम्वाई ४२ थान चिरानी साल काठ र  साल कै २६ थान गोलिया काठ एक स्थानबाट वरामद गरिएको छ भने अवैध फर्निचर सञ्चालन गर्दै आएका शिवबहादुर नेपालीबाट १०३ क्युफिट  सल्ला काठ वरामद गरिएको छ ।

वन रक्षक खनालका अनुसार साल काठ कुल १ सय ४४ क्युफिट हुन आउछ । चुनाव हुनु भन्दा केहि महिना अघि देखि सञ्चालन गरिएको  शिवबहादुर नेपालीको अवैध फर्निचर वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीको संकेतमा सञ्चान गरिएको त्यहाँका राजनैतिक दलका नेताहरुले आरोप लगाउँदै आएका छन् । अध्यक्ष खत्री विरुद्ध अख्तीयार अनुसान्धान आयोगमा समेत स्थानिय उपभोक्ताले उजुरी दिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीमा समेत पत्र पेश गरिएको बताईएको छ ।

अध्यक्षद्धारा कसैलाई सुईको नदिई बैंकबाट साढे दुई लाख झ्याम

काठ तस्करीको सेटिङ्ग मिलाएको आरोप खेपेका अध्यक्ष खत्रीको  फेरी अर्को काण्ड बैकमा समितिका कुनै व्यक्तिलाई थाह नदिई चुनाव ताका २ लाख ५० हजार रकम निकासी गरेर हिनामिना गरेको समेत खुलेको छ । नेकपा उमालेबाट मुसिकोट नगरपालिका वडा नम्वर २ का वडाध्यक्षका उमेदवार रहेर विजयी भएका खत्रीले वन समितिका सचिव  कमला आचार्य र कोषाध्यक्ष महेन्द्रसिह ठकुरीलाई झुक्काएर हस्ताक्षर गर्न लगाई उक्त रकम निकालेको तव मात्र थाह भयो जव सदरमुकाम तम्घास आई समितिले अडिट गराउनका लागि बैंकको स्टेटमेण्ट निकाल्नु प¥यो । उनले राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखामा त्यस वन उपभोक्ता समितिको खाता नम्वर ३०१००००५०८०१÷सि ५०८ बाट २ लाख ४० हजार रुपैयाँ निकालेको खुलासा भएको छ ।

‘उक्त रकम निकालेको  तव थाह पाईयो जव हामी आर्थिक वर्ष २०७३ ÷०७४ को लेखा परिक्षण गर्न तम्घास गईयो’–समितिकी सचिव कमला आचार्यले भनिन–‘बैंकबाट स्टेटमेण्ट माग्दा त साढे दुई लाख अध्यक्ष खत्रीले हामी कसैलाई जानकारी नदिई झिकी सक्नु भएको रहेछ । चेक सकियो , नयाँ चेक बनाउनु प¥यो भनेर हस्ताक्षर गराउनु भएको थियो तर उहाँले त्यस्तो वाहना बनाएर हामीलाई झुक्काउनु भयो सचिव आचार्यले भनिन त्यो रकम निकाल्ने कुनै निर्णय नै भएको छैन ।’  अध्यक्ष सहित ३ जना  खातावाला मध्येका  कोषाध्यक्ष महेन्द्रसिंह ठकुरीले पनि समितिका कुनै पनि ब्यक्तिलाई सुईको नदिई अध्यक्ष खत्रीले उक्त रकम निकालेको र वनमा काठ तस्करी समेत हुने गरेको आफुहरुले बल्ल अहिले आएर चाल पाएको बताए ।

सह सचिज दुर्गाबहादुर घर्तिले पनि आफुहरु कसैलाई सुईको नदिई गरिएको यस्तो अनियमित कार्यको भत्र्सना गरे । यी तिन जना  पदाधिकारी सहित समितिका सात जनाले अध्यक्ष खत्रीको अनियमति कार्य विरुद्ध भदौं १ गते समितिबाट राजिनामा दिएका छन् ।  राजिनामा दिने सदस्यहरुमा वावुराम घिमिरे , धर्मकुमारी महत , रना नेपाली र ललिता चालिसे समेत रहेका छन् ।

ईलाका वन कार्यालय तम्घासले समितिले गत आर्थिक वर्षमा गरेको लेखा परिक्षणको खर्च विवरणमा समेत आशंका गरी समितिलाई सक्कली विल भर्पाई सहित कार्यालयमा उपस्थित हुन भदौ २१ गतेका दिन पत्र काटेको छ । वन उपभोक्ता समितिले आयमुलक कार्यक्रम मौरीपालन , वाख्रापालन, अदुवा र वेसार खेती गर्दा बन कार्यालयको  सहमति विना र उपभोक्ता समितिको कार्ययोजना विना उक्त कार्यक्रममा गरिएको भनिएको  खर्च स्पष्ट नभएको पत्रमा उल्लेख छ । अध्यक्ष खत्रीले भने जानकारी दिएरै रकम निकालेको दावि गरे ।

के प्रयोजनका लागि निकाल्नु भएको हो र निकाले पछि किन जानकारी दिनु भएन त समितिलाई भन्ने प्रश्नमा उनले भने सामुदायिक वनको भवन बनाउन पर्ला भनेर निकालेको हो क्यारे बेलामा बनाउन नसिकएकोले    उक्त रकम मैले नै राखेको छु ’–खत्रीले भने । उनले काठ तस्करीमा पनि आफ्नो संलग्नता नभएको बताए ।

बन भित्रै फर्निचर

त्यस सामुदायिक वन अन्तरगत निकै विकुनो झाडीमा वन्चरो , काठ चिर्ने आरो लगायतका सामग्री  राख्ने,  रातीमा रुख ढलाउने र अलग अलग गेंडी बनाएर अलग अलग झाडीहरुमा लुकाउने गरिएको प्रत्यक्ष देख्न पाईन्छ । त्यहाँका शिवबहादुर नेपालीले दर्ता नगरी फर्निचर सञ्चान गर्दै आएको वन कार्यालयका वावुराम खनालले बताए । उनले दर्ताको कागज पत्र पेश गर्न नसके पछि उक्त फर्निचर अवैध रुपमा सञ्चालन गरेको पाईएको छ ।

उनको फर्निचरबाट पनि त्यसै बनको सल्ला काठ वराबद भए पछि उनि समितिका सिमित मानिसहरुको मिलोमोतोमा उनि तस्करीमा संलग्न भएको पाईएको खनालको भनाईले स्पष्ट पारेको छ । समितिका सिमित व्यक्तिको मिलोमोतो विना वन छेउँवैमा फर्निचर र धमाधम वन भित्रै काठ चिरानी चल्नै नसक्ने त्यहाँका आम सर्वसाधरण उपभोक्ताको भनाई छ ।

तस्वीरः अख्तीयरमा दिईएको उजुरी पत्र , वन कार्यालयले काटेको पत्र, समितिबाट दिईएको राजिनामा पत्र , वन कार्यालयले वरामद गरेको काठको परिमाण , वरामद गरिएका चिरानी काठ र  झाडीमा लुकाईएका सालका गोलिया काठहरु