२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धुर्कोटमा साँझ २ घण्टा भन्दा बढि समय मदिरा बेचे कार्वाही गरिने

२०७४, २७ भाद्र मंगलवार ११:४१

भदौ २७, गुल्मी । समाजको विकृति विसंगति विरुद्ध अभियान छेडेको  गुल्मीको धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ । 

गाउँका कुनै घर पसलहरुमा साँझ वजे देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने त्यो भन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र उस्तै परे पसल समेत वन्द गरी दिने गाउँपालिकाको बैठकले निर्णय गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । 

समाजमा ‘विकृति विसंगतिको कारक मध्ये मदिरा पनि एउटा पक्ष रहेको पाईयो’–प्रमुख पोखरेलले भने–‘यसर्थ धुर्कोट  गाउँपालिका भित्र मदिरा साँझमा जम्मा दुइ घण्टा बेच्न पाउने र यस अभियानलाई तिव्र पार्दै जाँदा अझ कम र सिमित  पसललाई मात्र अनुमति दिईने थप निर्णय समेत पछि गर्न सकिने छ ।’धुर्कोट गाउँपालिकाले गरिव विपन्न परिवारका खरका छाना हटाएर टिनको छाना लगाई दिने कार्यक्रम पनि सुरु गरी सकेको उप प्रमुख शिवबहादुर खत्रीले बताए ।

अध्यक्ष पोखरेल ज्यु र मेरो चुनावी नारा नै खरका छानारहित धुर्कोट बनाउने थियौं । त्यही नारालाई साकार पार्न रकम विनियोजन गरेका छौं र काम सुरु पनि भएको छ उप प्रमुख खत्रीले भने दुई वर्ष भित्रमा धुर्कोटका कुनै पनि टोलमा खरका छाना भएका घर देख्नु हुने छैन् । त्यस्तै धुर्कोट भित्र आधुनिक र आयमुलक कृषि उत्पादनलाई पनि प्राथामिकता दिएको प्रमुख पोखरेलले बताए । 

गरिव किशानहरुलाई परम्परागत कृषि प्राणलीले टाउँको उठाउन दिएको छैन पोखरेले थपे त्यस्ता किशानहरुलाई अनुदानको समेत व्यवस्था गर्दै गरिवीबाट मुक्त गर्ने हाम्रा सवै वडाका अध्यक्षहरुको समेत जोड रहेकोले एकमत भएर लागेका छौं । 

धुर्कोट गाउँपालिकाले रेडियो समेत आफैले सञ्चालन गर्न लागेको र यहाँको विकास केहि फरक ढंगले गर्न थालिएको धुर्कोट गाउँपालिकाका प्रेस संयोजक प्रेम सुनारले जानकारी दिए ।           

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी