2026-11-02 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्रिय वाल दिवस प्यूठानमा पनि मनाइयो

स्मृती घर्ती मगर/भदौ २९, प्यूठान  । बालबालिका भविश्यको दरिलो खम्वा भएकाले तिनीहरुको शिक्षामा लगानी गरी बाल अधिकारको संरक्षण गर्नु पर्ने आज भएको एक कार्यक्रमका वक्ताहरु वताएका छन् ।

“बालमैत्री शासन बाल अधिकारको सम्मान” भन्ने मुल नारा सहित जिल्ला समन्वय समितीको सभाहल खलंगामा सम्पन्न भएको राष्ट्रिय बाल दिवस विशेष कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो कुरा वताएका हुन्। 

जिल्ला बाल सञ्जाल समिती प्यूठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि माननिय जिल्ला न्यायधिश बासुदेव न्याैपाने रहनु भएको थियो भने बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरे रहनु भएको थियो।

राष्त्रिय गान संगै औपचारिक रुपमा सुरु भएको कार्यक्रममा महिला विकास अधिकृत माया श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो।

राष्त्रिय बाल दिवसको अवसरमा “बाल अधिकार प्राप्तिका लागि अविभावकको भुमिका” विषयक जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता पनी सम्पन्न भएको छ। जिल्लाका नौ वटै स्थानिय तहवाट उपस्थित ९ जना प्रतियोगी विध्यार्थीले आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए।

जसमा प्रथम शारदा मावि मल्लरानी गाउँपालिका चौरपानीमा अध्ययनरत छात्र विजय आचार्य, द्वितिय मान्डवि मावि माण्डवि गाउँपालिका नयाँगाऊमा अध्ययनरत छात्रा मनिसा सुनार, तृतिय गंगा मावि नौवहिनी गाउँपालिका वाहानेमा अध्ययनरत छात्रा अस्मिता रिजाल र सान्त्वना बाल विध्या मावि प्यूठान नगरपालिका मरन्ठानामा अध्ययनरत छात्र वसन्त गिरी भएका छन्।

विजयी प्रतियोगीहरुलाई पुरस्कार स्वरुप प्रमुख अतिथी, विशेष अतिथी र कार्यक्रमको अध्यक्षको हातवाट स्टेसनरी सामाग्री र प्रमाण पत्र प्रदान गरिएको छ। त्यस्तै जिल्लामा बालबालिकाको हक हितको लागि उल्लेखिय भुमिका खेलेको भन्दै कालिका विकास केन्द्र विजुवार प्यूठानलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले बालबालिकाको पहिलो पाठशाला आफ्नो परिवार भएकोले बालबालिकाको भविश्य कस्तो वनाउने भन्ने कुरा आफ्नै घर परिवार बाट निर्धारित हुने वताएका थिए। त्यस्तै बालबालिकाको हक र अधिकार प्राप्तिको लागि विभिन्न निकायले आवाज उठाइ रहे पनी अझै ग्रामिण क्षेत्रका  बालबालिका विध्यालय पहुँज भन्दा ताढा रहेकाले उनिहरुको आधारभुत अधिकार स्थापितको लागि सवै सरकारी तथा गैरसरकारी संस्थाहरु हातेमालो गरी अगाडि बड्नु पर्ने धारणा ब्यक्त गरेका थिए।

कार्यक्रममा नमुना बाल समुह खलंगाले जनचेतना मुलक सडक नाटक समेट प्रस्तुत गरेको थियो। शेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भएको कार्यक्रमको आयोजना जिल्ला बाल कल्याण समिति प्यूठान, महिला तथा बालबालिका केन्द्र प्यूठान र जिल्ला बाल सञ्जाल प्यूठानले गरेको हो।

बालबालिका अधिकृत यादव खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाल सञ्जाल समिती प्यूठानका अध्यक्ष प्रेम विक, माननिय जिल्ला न्यायधिश बासुदेव न्याैपाने, प्रमुख जिल्ला अधिकारी डा कृष्ण घिमिरे, स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल, जिल्ला शिक्षा अधिकारी सुर्य प्रसाद भुसाल, नेपाल बार एशोसिशन प्यूठानका अध्यक्ष डा शिवराज पण्डित, पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर राना, गैरसरकारी महासंघ प्यूठानका अध्यक्ष ति एस गुरुङ, शिक्षक, विध्यार्थी, पत्रकार, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द