पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ १, चौतारा ।</b> चट्याङ लागेर आज सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ । <br></p><p>त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ५४ वर्षीया कान्छीमाया श्रेष्ठको गोठमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । </p><p>चट्याङ लागेर श्रेष्ठका श्रीमान् साइला घाइते भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो । चट्याङबाट श्रेष्ठको एक हल गोरुसमेत मरेको बताइएको छ । रासस </p>

