2026-07-25 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा गुठी जग्गा खारेज गर्न माग

असोज २, काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोकमा स्थानीयवासीले गुठी जग्गा खारेजीको माग गरेका छन् । 

वर्षौंदेखि जोतभोग गरेको जग्गाको तिरो तिर्न कठिनाइ भएकाले पुनः निर्माणका लागि गुठी जग्गामा घर बनाउन रु पाँच हजारदेखि रु १० हजारसम्म राजश्व तिनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए । 

“गुठीको जग्गाको प्रतिरोपनी रु २०० तिर्न सक्ने अवस्थामा हामी छैनौँ, यो खारेज गर्नुपर्छ,” पाँचखाल नगरपालिका–११ का पुष्पबहादुर श्रेष्ठले भन्नुभयो । गुठीको जग्गामा जबर्जस्ती सम्झौता गर्न लगाएर पुनः निर्माणका लागि पहिलो र दोस्रो किस्ताको रकम लिएपनि तेस्रो किस्ताबापतको रकम नआउने स्थिति रहेको उहाँले बताउनुभयो । तत्कालीन राणाको श्रीमती दमन्तादेवीको नाममा भएको गुठीको जग्गामा आफूले जोतभोग गरेको श्रेष्ठले बताउनुभयो । 

पाँचखाल नगरपालिका–११ का रमेश खरेलले गुठीको जग्गा अधिकांश पाखो डाँडा रहेको उल्लेख गर्दै रैकर जग्गाको जति तिरो हुन्छ त्यति नै तिरो गुठी जग्गाको पनि हुनुपर्ने माग गर्नुभयो । “एक रोपनी जग्गाको ३० पाथी धान तिरोस्वरुप तिर्नुपर्छ तर धेरैजसो खोलाले बगाइदिन्छ अनि कसरी तिरो तिर्न सकिन्छ,” उहाँले भन्नुभयो । 

सो क्षेत्रमा व्यक्तिगत गुठी, मन्दिर गुठी र निजी गुठीका गरी ३०० घर परिवारको बसोबास रहेको छ । तर उनीहरुलाई आफू कस्तो जग्गा र कसको जग्गामा बसेको भन्ने विषयमा जानकारी छैन । “एक वर्ष एउटालाई तिरो तिर्छौं, अर्को वर्ष अर्कोलाई तिर्छौं,” पाँचखाल नगरपालिका–११ का नवराज सेंढाइले भन्नुभयो । 

पाँचखाल नगरपालिका–११ का वडाध्यक्ष शिवशरण लामाले सरकारले गुठी जग्गाको तिरोको विषयमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिँदै गुठी जग्गालाई पनि रैताने गर्न समस्या हुने बताउनुभयो । 

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठी जग्गाको तिरो तिरेको रसिद माग गर्न आग्रह गर्दै स्थानीय निकायले भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पाँचखालमा गुठी समस्याबाहेक सुकुम्बासी र खाँद जग्गाको समेत समस्या रहेको बताइएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक