Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको सरुमारानी गाउँपालिकालाई जग्गादान

२०७४, ३ आश्विन मंगलवार १२:४६

सलिम अन्सारी/असोज ३, प्यूठान । सरुमारानी गाउँपालिका भवन बनाउन स्थानियले निशुल्क जग्गा दिएका छन । 

गाउँपालिकाका लागि आवाश्यक भौतिक सँरचना निर्माणका लागि स्थानीय ४ परिवारले साढे चार रोपनी जग्गा दिएका हुन । स्थानीयले जिल्ला मालपोत कार्यालय प्यूठानमा गाउँपालिकाको नाममा जग्गा रजिस्टेशन पास गरिदिएको सरुमारानी गाउँपालिका कार्यालयले बताएको हो ।

जग्गाको मूल्य स्थानीय चलनचल्तीको मूल्य अनुसार करिव २५ लाख रुपैयाँ पर्छ। साबिकको ढुगेँगढी गाबिस स्थित बडडाडामा जग्गा दिएको स्थानीय शिव बहादुर बुढाथोकीले जानकारी दिए।

"गाउँपालिकाको बिकासका लागि सेण्टर (केन्द्रमा) पर्ने गरि जग्गा दिएका छौँ" उनले भने "गाउँपालिका यहाँ बस्यो भने हामीलाइ पनि सजीलो हुन्छ।" जग्गा दिनेहरुमा स्थानीय शिव बहादुर वुढाथोकी,चन्द्र बहादुर बुढाथोकी,सुरेन्द्रराज भण्डारी र प्रकाश गौतम रहेका छन।

जग्गा प्राप्त भएपछि अव चाडै भवन निर्माण गरिने र यसका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा एक करोड रुपैयाँ बजेट समेत बिनियोजन गरिसकिएको गाउँपालिका कार्यालयले बताएको छ।कार्यालय निर्माण भएसँगै स्थानीयलाइ गाउँपालिकाबाट सँघिय व्यावस्था अनुरुप सरकारी सेवासुबिधा प्रदान गर्ने गाउँपालिकाको तयारी छ। गाउँपालिकाको कार्यालय अहिले भाडाको घरवाट सँचालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै