Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा आफ्नै आमाले गरिन् एक वर्षीय छोरोको हत्या

२०७४, ५ आश्विन बिहीबार ११:२४

असोज ५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष खुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । 

अत्यधिक मादक पदार्थ सेवन गरेकी मीनाले मंगलबार बिहान आफ्नै छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुगानाले बताउनुभयो । 

ढुगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो । 

घटना लुकाउन अभियुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुसन्धानपछि अभियुक्त तामाङले विष खुवाएको स्वीकार गरेकी हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश