2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज उपमहानगरपालिकाको वर्षिक समिक्षा कार्यक्रम सम्पन्न

कत्तिक १६, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको वर्षिक समिक्षा गरिएको छ । उपमहानगरपालिकाले आज आर्थिक वर्ष २०७१/०७२ मा भए/गरिएका समग्र योजना, कार्यक्रम, गतिवीधी र आय व्यय सार्वजनिक गर्दै स्वयं समिक्षा गरेको हो ।

उपमहानगरपालिकाका पदाधिकारी, कर्मचारी, राजनीतिक दल, वडा नागरिक प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थितीमा उपमहानगरपालिकाले शाखागत प्रगती विवरण, एकिकृत शहरी विकास परियोजनाको काम प्रगती प्रस्तुत गर्दै आइपरेको समस्या, चुनौती र भावी योजनासहितको समिक्षा ग¥यो ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद भुषालले योजना कार्यान्वयन, फोहर व्यवस्थापन, सडक माप दण्ड निर्धारण, भवन सहिंता, राजश्व वृद्धि, सडक मर्मत/पुननर्मिाण, सार्वजनिक जग्गा संरक्षण लगायतका महत्वपूर्ण काममा उपलव्धी हासील भएको भन्दै दक्ष जनशक्ति व्यवस्थानमा अझै चुनौती रहेको बताउनु भयो ।

कार्यकारी अधिकृत भुषालले नगरको भौतिक विकास (विभिन्न सडक, वसपार्क, रानीतलाउ, वधशाला निर्माण), सामाजिक विकास, सरसफाई तथा खुल्ला दिसामुक्त क्षेत्र घोषणा लगायतका भावी योजना रहेको भन्दै सो को कार्यान्वयन र सफलताका लागि राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवाला सवैको उत्तिकै जिम्मेवारी र दायित्व रहनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले नगरमा सडक निर्माण, फोहर र ट्रफिक वयवस्थापन लगायतका चुनौती रहेको भन्दै सो तर्फ चाँसो दिनु पर्नेमा जोड दिनु भयो । एकिकृत शहरी विकास परियोजना प्रमुख दिपक श्रेष्ठले सडक, नालाको काम तिव्र गतीमा भएको भन्दै थप विकास योजना र काम थपीने सम्भावना रहेको बताउनु भयो ।

अझै रुपमा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका दत्त प्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे लगायतले दलका प्रतिनीधी, स्थानीय नागरिकको सुझावलाई ग्रहण गर्दै प्राथमिकताका आधारमा विकास निर्माण योजना कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई