2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगन्जमा बालिका किशोरी अवस्थामा पुग्नासाथ विद्यालय जानबाट वञ्चित गराएको पाइयो

फागुन १२, बाँके । नेपालगन्ज उपमहानगरपालिका–२६ इन्द्रपुरका मुस्लिम तथा मधेसी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तिनका परिवारद्वारा विद्यालय जानबाट वञ्चित गराउने गरिएको पाइएको छ । किशोरीलाई विद्यालय नपठाउने प्रमुख कारणमध्ये सो गाउँका परिवारमा बाल्यावस्थामा विवाह गरिदिने प्रचलनले पनि त्यत्तिकै जरा गाडेको छ।

यहाँस्थित एक गैरसरकारी संस्था फातिमा फाउन्डेसनले केही महिनाअघि त्यहाँ गरेको एक अध्ययन अनुसन्धानबाट त्यस गाउँका ९० प्रतिशतभन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह हुने गरेकाले विद्यालय छोडनु पर्ने अवस्था रहेको देखिन्छ। करिब १० हजार जनसङ्ख्या रहेको इन्द्रपुरमा तीन प्राथमिक, एक निम्न माध्यमिक विद्यालय तथा तीन मदरसामा हाल एक हजार ४७४ जना विद्यार्थी अध्ययनरत् छन्।

त्यसमध्ये छात्राको सङ्ख्या ७१० जना रहेको देखाए पनि आधा छात्राले बीचमै अध्ययन छाडेको शिक्षक बताउँछन्। त्यहाँका अधिकांश परिवारको कमजोर आर्थिक अवस्था हुनु, विद्यालय तथा मदरसाको भौतिक पूर्वाधार जीर्ण हुनु पनि बालिका विद्यालय नआउनुको अर्को कारण भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई