2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोहलपुरमा दोस्रो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी हुने

फागुन १७, नेपालगन्ज । बाँकेको कोहलपुरमा दोस्रो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी हुने भएको छ । कृषि विकास मन्त्रालयले यहि फागुन २३ गतेदेखि २७ गतेसम्म कृषि यन्त्रहरुको प्रदर्शनी गर्न लागेको आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघसँगको सहकार्यमा ५ दिनसम्म चल्ने राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीको तयारी तीब्र पारिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष उमेश मानन्धरले जानकारी दिनुभयो ।‘कृषिमा यान्त्रिकीकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा एक सय भन्दा बढी कृषि औजार र उपकरण राखिने मानन्धरले वताउनु भयो ।

प्रर्दशनिले आधुनिक कृषि उपकरणको प्रयोगलाई प्रबद्र्धन गरी कृषि उपज बढाइ व्यवसायिकीकरण गर्न मद्धत मिल्ने उहाँको भनाई छ ।यस अघिको प्रद्र्धशनिले किसानलाई नयाँ प्रविधि र त्यस सम्वन्धी जानाकारी दिन सहयोग मिलेकाले यसपटक पश्चिममा प्रर्दशनी गर्न लागिएको मानन्धले वताउनु भयो ।

प्रदर्शनीमा १ सय २५ स्टल राखिने छ । स्टल निःशुल्क राखिने र अवलोकन पनि निःशुल्कै रुपमा गर्न पाइने आयोजकले जनाएको छ ।पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका करिव ५० हजार कृषकले प्रर्दशनी अवलोकन गर्ने आयोजकको भनाई छ ।यसअघि पहिलो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी चितवनको नारायणी किनारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई