Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्धुपाल्चोकका एक फरार अभियुक्त पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबजारबाट प्रहरीले सोमबार ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

विसं २०७३ फागुन २४ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ बस्ने २१ वर्षीय फुर्पा ठिलेन लामालाई मु्क्का प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका सोही स्थानका २२ वर्षीय आकाश लामालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापश्चात् फरार रहेका अभियुक्त लामा भारतमा लुकीछिपी बस्दै आएको र दशैँ मनाउन घर आउनेक्रममा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, मेलम्चीको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।

घटनापश्चात् घाइते फुर्पाको टाउकामा २२ वटाभन्दा बढी टाँका लगाइएको थियो । गत सात महिनादेखि फरार रहेका लामालाई थप अनुसन्धान गरी दशैँ बिदामा अदालत बन्द भएकाले अदालत खुलेपछि म्याद थप गरिने प्रहरीले जनाएको छ । रासस