असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा "/>

2026-09-12 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा १२ दिनमा श्रृंखलावद्ध रुपमा चारको हत्या

असोज १५, रौतहट | स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुरु भएको छ । 

पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । 

शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ । 

खानेपानीको निहुमा हुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो । 

झडपमा हुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुमारीलाई चोट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुभयो । 

काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभएको छ । 

यस अघि रौतहटमा निर्वाचन पछि तीन जनाको हत्या भइसकेको छ । 

मौलापुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुर नपा–१० बाल्चनपुर बरेडवा घर भएका ४५ वर्षीय बिरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडाध्यक्ष उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भइसकेको छ । 

निर्वाचनको दुइहप्ता बित्न लाग्दासम्म जितहुने र हार हुने पक्षबीच अत्यधिक तनाव रहेको कारण अहिले प्रायःसबै गाँउमा दैनिकजसो कुनै न कुनै निहुमा विवाद भइरहेको देखिएको छ । 

स्थानीय निर्वाचनमा कतिपय स्थानमा जितको खुसियालीमा कार्यकर्ता बढी उचश्रृंखल भएको देखिएका छन् भने कतिपय ठाउँमा हार बेहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिस गरेका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह