Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुख्खा पहिरोको सास्ती वाहेक शान्तिपुर्ण रह्यो गुल्मीको दशैं

By kit 18 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/असोज २१, गुल्मी । भंगेरीको सुख्खा पहिरो र शिद्धवावाको पनि सुख्खा पहिरोले दशैका यात्रुहरुलाई पुराएको सास्ती वाहेक यसपाली  गुल्मी जिल्ला भित्रको दशैं एकदमै सभ्य, शान्ति र सद्भावपुर्ण रह्यो ।

सुख्खा पहिरो प्रकृतिको सावाधानी घण्टी

दशैको मुखमा गुल्मी र वुटवलको दुवै प्रवे शद्धारमा सुख्खा पहिरो गएर विपद् पुराउनु भनेको भोलीका दिनलाई सजगता अपनाउन प्रकृतिले नै सावाधानीको घण्टी बजाउनु हो ।

यस सडक घण्डले सर्यौंको ज्यान लियो । अब अति भयो यस  सडकलाई उपभोग गर्ने मानवहरु हो , अव बैकल्पीक सडक हिड् भनेर भनेको छ प्रकृतिले नै । गुल्मीले मात्र होईन पाल्पाले समेत बुटवल छिर्ने बैकल्पीक मार्ग खोज्नै पर्ने बेला आएको छ ।

सालझण्डी खज्र्याङ्ग  र ढोरपाटन लगायत पछिल्लो चरण विभिन्न स्थानमा खोलिएका सडक खण्डलाई छिटो भन्दा छिटो सम्पन्न गर्न वुटवल तानसेन तम्घास सडक खण्डले पहिले देखि मानिसहरुको ज्यान लिएर सजगक गराई सकेको छ । अव ढिला नगरौं वैकल्पीक मार्ग खोज्न ।

जुन सडकका कारण यसपालीको दशै लाखौ गुल्मेलीहरुलाई सास्तीपुर्ण र बढि खर्चिलो बनाई दियो । धेरै जस्ता मानिसहरुले अड्कलेको खर्चले दशै मनाउन सकेनन् । विच बाटो मै दुई तिन दिन होटल वास बसेर खर्च बढाउन बाध्य भए ।

कतै रिजर्र्भ गाडी , दोव्वर तेव्वर भाडा असुलीबाट कतिपय मानिसहरु बेखर्ची भएको गुनासो समेत गरे । दशै मानेर फर्किदै गरेका कैयौं गुल्मेलीहरुले भाडा खर्च सापटी मागेर हिडेको बताउँदै थिए ।

दशै भने सभ्य र शान्तिपुर्ण

सवै भन्दा पहिला सुरु गरौं विगतका दशैमा डर लाग्दा घटना घट्ने  धुर्कोट गाउँपालिका अन्तरगत साविकका गाविस भित्र रहेका कोट मन्दिरहरुको  सराएँ नाच ।

विगतमा त्यहाँका  कुनै न कुनै स्थानमा कुटपिट घटना नभएको कुनै वर्षको दशै हुँदैन्थ्यो ।  साविकको नयाँगाउँ गाविसमा एक वर्षको दशैमा सुरक्षामा खटिएका प्रहरीको समेत स्थानियले ज्यान लिएका थिए ।

कहिले वस्तुको कुटपिट काण्ड , कहिले जैसीथोक , पिपलधारा  र कहिले धुर्कोटरजस्थललको सराएँ नाचमा हुने कुटपिट काण्डले वस्तु  त्यहाँका विभिन्न प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय समेत छलफलका लागि यति बेला मानिसहरु भरीभराउ हुन्थे ।

स्थानिय प्रहरीले गाडी नपाएर हिडालेर झगडालुहरुलाई ल्याउँथे । तर यसपालिका दशैमा त्यहाँका कुनै कोटमन्दिरमा  हुलदंङ्गा भएन । निकै शान्त र सद्भावपुर्ण ढंगले धुर्कोट गाउँपालिका भित्रका कोटमन्दिरहरुमा पुर्जा आराधान र सराएँ नाच सम्पन्न भयो ।

यसो हुनुमा पहिलो कारण त स्थानिय सरकारको मातहतमा नागरिक हुनु देखिन्छ । दोश्रो कारण मदिरा नियन्त्रण र तेश्रो कारण नागरिकमा शिक्षा  संगै सभ्यताको विकास प्रष्ट देखिन्छ ।

धुर्कोट गाउँपालिकाले साँझमा जम्मा दुई घण्टा मात्रै मदिरा बेच विखन गर्न पाउँने अन्य समयमा बृेच विखन गरे कार्वाही गर्ने जुन नियम वसाल्यो त्यसले दशै आउनु अघि नै राम्रो प्रभाव पारेको थियो ।

त्यसको थप सकरात्मक सन्देश यसपालीको शान्त र सद्भावपुर्ण धुर्कोटको दशैले दिएको छ । धुर्कोटका प्रत्येक वडाका जनप्रतिनिधीहरुले शान्ति र सद्भावपुर्ण दशै मनाउनका लागि नेतृत्यदायी भुमिका निभाएको परिणाम पनि हो यो ।

गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्री , अष्टमीको दिन देखि सराएँ नाचको दिन सम्म धुर्कोटको सवै भन्दा ऐतिहाँसिक कोट मन्दिरमै थिए । दुई प्रमुख र उपप्रमुखहरु अंकमाल गरेर सराएँमा झुमेको दृश्यले न्यानो भाईचाराको सन्देश छरिरहेको थियो ।

विगतमा राजनैतिक कारणबाट पनि झै झगडा निम्तीने गर्दथ्यो । तर यसपालि कुनै कोटमन्दिरमा कुनै खाले तिक्तता  देखिएन । सवै वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुले आ–आफ्नो स्थान बाटोघाटो मर्मत र सरफाईमा अगुवाई गरेका थिए ।

वडा नम्वर ७ वाग्लाका  वडाध्यष् हिमप्रसाद पन्थी भन्छन् यसपालिको दशै  बेग्लै रौनकका साथ मनाईयो ।  दशै अघि सम्म पनि बाटो घाटो मर्मत सम्भार मै थियौ , अहिले दशै सकिएर पनि  विकास निर्माण स्थलमै खटिएको उनले बताए ।

उनको अनुसार त्यहाँको ईस्वरी कोट, भगवती कोट, मठाको मन्दिर, जाओन्नेमा मन्दिर, आप्रा र फुलवारीको मन्दिरमा शान्तिपुर्ण रुपमा पुजा सञ्चालन र सराएँ नाच सम्पन्न भएको छ ।

वस्तुका वडाध्यक्ष ढुण्डीराज भण्डारीले पनि त्यहाँको कालिका मन्दिरमा यसपालीको सराएँ नाच लामो समय सम्म  शान्ति र सदभावपुर्ण रुपमा मनाईएको बताए ।  अन्य वडाका अध्यक्षहरुले पनि कुनै पनि स्थानमा झै झगडा नभएको जानकारी दिए ।

यसमा सवै जनप्रतिनीधी र त्यहाँ रहेका प्रहरी चौकीका प्रहरीहरुको भुमिका अंहम रहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । मदिरा नियन्त्रणको अभियानले पनि सभ्य र शान्तिपुर्ण दशै हुन पुगेको उनको ठम्याँई छ ।

जिल्लाभरमा पनि शान्तिपुर्ण दशै

त्यसो त जिल्लाभरी नै यसपालिका दशै शान्तिपुर्ण रह्यो । हस्तीचौरको तरिखर्कमा भएको सराएँ नाचको कुटपिट घटना वाहेक अन्यत्र कतैबाट झ झगडाको रिर्पोट नआएको जिल्ला प्रहरी कायाृलयका प्रवत्ता गंगाबहादुर थापाले बताए ।

तरिखर्कमा भएको सराएँ नाच संग त्यहाँको कुटपिट घटना नजोडिने उनको भनाई छ । एक जना तराई मुलका ब्यापारीलाई स्थानियले आक्रमण गर्न आँटेको बेला उनिहरुलाई जोगाउन खोज्ने केही युवाहरुलाई त्यहाँका केहि मानिसहरुले आक्रमण गरेपछि गम्भीर घाईते बनाएका छन् ।

धुर्कोटको सद्भावपुर्ण सराएँ नाचमा झुम्दै गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्री

आक्रमण गर्ने सवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस वाहेक अन्यत्र कतै झगडा नहुनुलाई प्रहरी सक्रियतालाई पनि जनप्रतिनिधीहरुले धन्यबात दिएका छन् । ईस्मागाउँपालिका थुप्रै स्थानमा झै झगडा हुन्थे । मालिका, मदाने, मुसिकोट, चन्द्रकोट, सत्यवती, कालिगण्डी रुरु, छत्रकोट, गुल्मी दरवार रेसुङ्गा नगरपालिका भित्रका कोटमन्दिरहरुमा सामन्य विवाद समेत नभएको  त्यहाँका जनप्रतिनिधीहरुले बताए ।

प्रहरी प्रवत्ता थापाका अनुसार विगतका दशैमा हुने घटनालाई अध्यान गरी जिल्ला प्रहरी कार्यालयले त्यही अनुसारको गस्ती र सुरक्षा तयारी १५ दिन अघि देखि गरेको थियो । प्रत्येक सराएँ नाच र पुजा व्यवस्थापन समिति संग जिल्ला प्रहरी कार्यालय निमयमित संम्पर्कमा रहेर प्रहरी तत्काल परिचालनको व्यवस्था मिलाएकोले पनि यसपालीको दशै शान्पिुर्ण हुन पुगेको प्रहरी प्रवत्ता थापाको ठम्भाई छ ।

विगतका दशै घटनालाई नियाल्ने हो भने यसपालीको दशै शान्तिपुर्ण रहेको जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधीहरुको भनाई छ । दशैकै मुखमा नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय कार्यभार सम्हालन आएका थिए ।

उनि कार्यभार सम्हाल्न आएकै दिन पहिला भंगेरीको सुख्खा पहिरोले दशैका यात्रुहरुलाई पुराएको सास्ती अनुगमनमा पुगेका थिए । तत्कालैबाट उनले गौडाकोट रेसुङ्गा तम्घासको बैकल्पीक सडक सुचारु गराएका थिए ।

दशैमा शान्ति सुरक्षामा कुनै आँच नपुगेको र  आगमी दिनमा पनि पर्न नदिने उनले पत्रकार भेटघाट कार्यक्रममा बताएका छन् ।

जनता आफै पनि सचेत र सभ्य

केहि वर्ष अघि सम्म विशेष गरी दलित र जनजाती वस्तीहरुमा कहिले दिउँसै त कहिले रातको समयमा महिलाहरु श्रीमानको कुटाईबाट बच्न गुहार मागेर चिच्चाएको सुनिथ्यो दशैभर । कतिपय दलित वस्तीमा बाटैमा दिशा पिशावको दुर्घन्धले हिड्न समेत सकिदैन्थ्यो ।

वालिवालिकाले आगन र दलानमा दिशा पिशाव गरेर घरमा पस्न पनि सिकसिको लाग्ने गर्दथ्यो । मासु काट्ने स्थानमा कुटाकुट हुने । बढि मात्रमा भैसीको मासु भित्राएर घर दुघन्धित बनाउने गरेको देखिन्थ्यो ।

तर केहि वर्ष यताको दशै दलित बस्तीहरुमा गएर नियाल्दा समुदायगत हिजोको भिन्नाता छुटाउन नसक्ने अवस्था देखियो । वाटो देखि घर आंगन अन्य समुदायको भन्दा के कमको प्रतिस्पर्धा देखियो ।

भित्र पनि सुत्ने कोठा अलग अलग बनाएर शहरिया सैलीमा सजावट गरेको पाईयो । जाँड रक्सी झै झगडाले  आक्रान्त हुन्थे छिमेकी अन्य समुदायका मानिसहरु । कोही बाटैमा मरेतुल्य भएर लडेको देखिन्थ्यो ।

तर अहिले दलित वस्तीमा यस्ता दृश्यहरु देखिएन । लवाई खवाई देखि अन्य सवै कुरामा अन्य समुदायको दाँजोमा दलित समुदाय पुग्नु भनेको शिक्षा र आर्थिक रुपले  जिवन स्तरमा सुधार आएको प्रष्ट बुझ्न सकिन्छ ।

बैदेशिक रोजगार , राज्यका विभिन्न निकायमा त्यो समुदायको सहभागिताले  जिवन स्तरमा सुधार भएकै हो । हिजो राँगा भैसी ढलाउने  दलित समुदाय अहिले अधिकांसले आफै खसी बोका एक्लै ढलाउन थालेको पाईयो ।

अहिले पनि  स–साना खरका झुपडी, खुल्ला शौचालय दलित समुदायको सांकेतिक परिचय हुने गर्दछ । अहिले त्यसमा कमी आएको देखियो । त्यो दृश्यलाई हटाउने अभियान धुर्कोट र ईस्मा गाउँपालिकाले सुरु गरी सकेका छन् ।

यो अभियानलाई अन्य पालिकाहरुले पनि तिव्रता दिए अवको केहि वर्षमा वस्तीले कुनै एक देखि अर्को समुदायको परिचय दिन छाड्ने देखिन्छ । दशैका बेला एक देखि अर्को घरमा विना आमन्त्र जाने क्रम पनि रोकिएको पाईयो ।

भाग माग्न जाने जस्ता कुराहरुले दलितहरुलाई दरिद्र जस्तै बनाएको थियो । त्यो चलन पनि एकदम कम हुँदै गएको देखियो । समग्रमा पछाडी परेको वर्ग समुदाय आत्मानिर्भर  र सभ्य हुँदैछ ।

यो गतिलाई अझ तिव्र पार्नु जनप्रतिनिधी र राज्यका सम्वद्ध सवै निकायले पहिलो प्राथामिकतामा राख्न सके भोलीका दिनमा एकनासको वस्ती, एकनासको सभ्यता र प्राय एकैनासको आर्थिक अवस्था पनि देख्न सकिने यसपालीको दशै चहलपहलबाट अनुभुत गर्न सकियो ।