2026-09-15 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा आयो ‘प्रहरी हाम्रो टोलमा’

सलिम अन्सारी/असोज २२, प्युठान । जिल्ला प्रहरी कार्यलय प्युठानले सुरु गरेको ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रमले सम्बृद्ध समाज निर्माणमा सहयोग पुर्याउने बिश्वास लिइएको छ ।

आइतबार सरुमारानी गाउपालिकाको केन्द्र बड्डडाडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासन भन्ने मुल नाराका साथ अभियान सुरु गरिएको बताए ।

असोज ६ गते बाट गृहमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको प्रशासन सुधार निर्दे्शिका अनुसार देशैभर यो अभियान सञ्चालन भए अनुरुप प्युठानमा पनि  कार्यक्रमलाइ तिब्रता दिएको उनको भनाइ छ । ‘प्रहरी र नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउने उद्वेश्यले सुरु गरिएको अभियानले समाजमा दिगो

शान्ति स्थापनामा सहयोग पुग्नेमा आफु बिश्स्त भएको डिएसपी पोख्रेलले बताए ।  ‘ब्लक पोलेसिङ अर्थात् टोल टोलमा प्रहरी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेकाले लक्ष्यमा पुग्न नागरिक समाजका अगुवा, सरोकारवाला र नागरिकको भुमिका विशेष हुने उनको भनाइ छ ।’

अभियान अन्तरगत स्थानीय टोल सुधार समिति गठन गर्ने, एक प्रहरी एक टोल अवधारणा अघि बढाउने, सिसिटिभि र साइरन जडित टोल सुधार समिति निर्माण गर्ने, समुदाय स्तरमा अन्तरक्रिया गर्ने, हिँसा र दुव्र्यवहारजन्य घटना न्यूनीकरणमा कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको पोख्रेलको अबधारणा पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण प्रसाद घिमिरेले प्रहरिले ल्याएको यो कार्यक्रम जनता मै केन्द्रीत हुने बताए । राज्यले संचालन गरेको अभियानमा हातेमालो गर्न सबैलाइ उनको आव्हान छ । 

अभियानबाट समाजमा हुनसक्ने सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा, लागुऔषध, लगायतका अन्य विकृति नियन्त्रण र सामाजिक विकास सुरक्षा प्रणालीको कार्यमा सघाउ पुग्ने छ प्रजिअ घिमिरेले बिश्वास ब्याक्त गरे ।

कार्यक्रमका सबैजसो बक्ताहरुले प्रहरि हाम्रो टोलमा अभियान महत्वपुर्ण रहेको भन्दै यस्लाइ लक्षयमा पुर्याउन र नागरिकलाइ महसुस हुने गरि प्रहरी सेवा दिनुपर्नेमा जोड दिएका थिए।सरुमारानी सुरक्षाका दृष्ट्रीकोर्णले अति संबेदनशिल रहेको भन्दै यहाँ रहेको अस्थायी प्रहरी पोष्ट्रलाइ स्थायी बनाउन र थप जनशक्तिका लागि पहल गर्न सुरक्षा अधिकारी समक्ष आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ