2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा एकको मृत्यु, एक बेपत्ता

असोज २६, चौतारा । सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक चिनियाँ नागरिक बुधबार भोटेकोशी नदीमा बेपत्ता भएका छन् । 

साथीसँग माछा मार्न गएका ३० वर्षीय योङ खा लिन बाह्रबिसे नगरपालिका–२ स्थित सिरीसे भन्ने स्थानबाट बेपत्ता भएको र उनको खोजी भइरहेको इप्रका बाह्रबिसेले जनाएको छ । उनीसँगै गएका अर्का चिनियाँ नागरिकले नदीको किनारामा रहेको ढुंगामा चिप्लिएर नदीमा बगेको देखेपछि आयोजनामा खबर गरेका थिए । 

त्यसैगरी इन्द्रावती गाउँपालिका–२ कुन्चोक निवासी ३४ वर्षीय नवराज थापाको मिनी ट्रक दुर्घटनामा परी मृत्यु भएको छ । जौडाँडा भन्ने स्थानमा आफैंले चलाएको बा ४ ख ३०४ नं को मिनी ट्रक सडकबाट करिब १०० मिटर तल खसेर घाइते भएका थापाको काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई