नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन "/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

६२ औँ प्रहरी दिवस बैतडीमा पनि

२०७४, २७ आश्विन शुक्रबार १४:४९


नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौँ हाते मालो’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा अमर प्रहरी स्मारीकामा माल्यार्पणगरी अमर प्रहरीप्रति मल्यार्पण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै दिवसकोअवरमा पूर्व प्रहरी संगठनका अध्यक्ष रणबहादुर विष्टको अध्यक्षता तथा साप्रजि दिपककुमार आर्चायका प्रमुक आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै प्रहरी दिवसको अवसर पारेर जिल्ला अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले जनताको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेने प्रतिवद्धता जनाए । ʻपछिल्लो समय बैतडी प्रहरी प्रशासनले नागरिक मैत्रि प्रहरी सेवा दिदै छ त्यसका लागि सबै नागरिकको सहयोग जरुरी छ उनले भने । गाँउ समाज तथा आफ्नो ठाँउमा हुने अपराधिक घटना न्यूनिकरणका लागि प्रहरीलाई सहयोग गर्न डिएसपि शर्माले सबै नागरिकमा आग्रह समेत गरेका छन् ।

यसका साथै प्रहरी दिवसको उद्देश्य, प्हरी दिवस किन मनाईन्छ भन्ने विषयमा कार्यक्रम पनि सम्पन्न गरिएको छ । कार्यक्रममा प्रहरी, पूर्व प्रहरी अधिकारी, जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारी , पत्रकार, व्यवशायी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी