असोज २९, भक्तपुर (रासस) | दैनिकजसो हत्याको घटना आईरहेको बेला फेरी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा पर्ने नगरकोटस्थित बाल वन जंगलमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४५ वर्षको मंगोल अनुहार भएको शव झुण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका निमित्त प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिएका छन् ।

जंगलमा फेला पारिएको उक्त पुरुषको शव हत्या गरेर भुण्ड्याइएको हो वा आत्महत्या नै हो भन्नेबारेमा एकिन भएको छैन ।

उक्त शवलाई परीक्षणका लागि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

Related News