2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सवारी चापले सडक अस्तब्यस्त

सागर शर्मा | असोज ३१, प्युठान | प्युठान भालुबाङ सडक खण्ड अन्तर्गतका  मुख्य बजार क्षेत्रमा सवारी चाप बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । राजमार्ग भएर दैनिक सयौं ओहोरदोहर गर्ने सवारी सातायता दोब्बर भएपछि व्यवस्थापन गर्न समस्या भएको हो ।

पछिल्लो समय नौवहिनी गाउपालिकाको फोप्ली लुप्लुङबाट   चुनढुङ्गा निकासी  गर्नसमेत यहि सडक प्रयोग हुने गरेको छ । त्यसैगरी राजमार्गको मुख्य क्षेत्रबाटै सयौंको संख्यामा गुड्ने म्याजिक, जिप र बस तथा ट्रक जस्ता ठूला सवारीले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो । साघुरो सडक र सवारिसाधनको चापका  कारण यो सडकमा दुर्घट्नाको जोखिम समेत बढ्दै गएको छ ।

मुख्य सडक नै व्यवस्थित नहुँदा बिजुवार बाग्दुला लगायतका  बजार सवारिको चापले अस्तब्यस्त हुने गरेको हो । मित्रमणी चोक देखि प्रहरी चौकी सम्म धेरै सवारी जाम हुने गरेको छ । जनशक्ती अभावले  ट्राफिक ब्यबस्थापन हुन नसकेको जिल्ला ट्राफिक प्रहरिकार्यालय देविस्थानका प्रमुख छबिलाल ढकालले बताए। जिल्लाभर जम्मा आठ जना ट्राफिक प्रहरिले ट्राफिक ब्यबस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।सडक ऐन अनुसार सडकको दायाँ बायाँ १५ र १५ मिटर फराकिलो हुनुपर्नेमा यहाँ निकै सांघुरो छ । त्यसैले पनि सडक अस्तब्यस्त हुने गरेको प्रहरी बताउँछ ।

‘बिजुवार बजारमा सवारी चापले हिँड्नै सकिँदैन,’ एक स्थानीयले भने, ‘एउटा ट्राफिक प्रहरीले

सिटी फुक्दैमा समस्या समाधान हुन सक्दैन ।’ समस्या सामाधान गर्न सरोकारवालाले ध्यान दिन पर्यो । त्यसैले यहाँका राजनीतिक दल, व्यापारी, विद्यार्थी, बुद्धिजीवी सबैले सहयोग गरे ट्राफिक व्यवस्थापन गर्न समस्या नहुने उनले बताए । बिशेष गरेर चाडपर्वको समयमा व्यस्त रहने बजारमा सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम झनै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ