Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोठामा थुनेर आगो लगाई श्रीमतीले गरिन् श्रीमानको हत्या, यस्तो छ हत्या गर्नुको कारण

By साझासवाल 3 मिनेट पढाइ

कात्तिक  ७, भक्तपुर | भक्तपुरमा आफ्नै श्रीमतीले आगो लगाएर श्रीमानको हत्या गरेकी छिन् । मध्यपुरथिमि नगरपालिका–६ पुरानोठिमीस्थित मैया बुढाथोकीको घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षका विदुर नेपालको श्रीमतीले आगो लगाउँदा मृत्यु भएको हो ।

नेपाललाइ उनलाई जेठी श्रीमती गीता नेपालले कोठामा थुनेर आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ । जेठीलाई हेला गरेर कान्छीसँग बसेका नेपाललाई सोहि रिसको आवेग सहन नसकेपछि जेठी श्रीमति गीताले आगो लगाएको बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

आगो लगाउने गीतालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । आगो लगाई फरार रहेकी गीतालाई प्रहरीले भक्तपुरकै जगातीबाट पक्राउ गरेको प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

कान्छी श्रीमती माइत गएको बेला पारेर जेठी श्रीमती गीताले नेपाललाई आगो लगाएकी थिइन् । आगो लगाएर घाइते बनाईएका श्रीमानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो । तर त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको हो ।