2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एक बंगलादेशीसहित चार मृत फेला

कात्तिक १६, भक्तपुर (रासस) | विभिन्न स्थानमा दुई दिनमा एक बंगलादेशीसहित चार जना मृतावस्थामा फेला परेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा ३४ वर्षीय बंगलादेशी हसन फेरोदोस मृतनवस्थामा फेला परेका छन् । बुधबार अपराह्न अचानक बेहोश हसनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डा इबामुरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । 

त्यसैगरी ओखलढुंगा घर भई हाल सूर्यविनायक नगरपालिका–३, बालकोट बस्दै आएकी सरिता सार्की आफ्नै कोठामा आज मृत फेला परेकी छन् । बुधबार बेलुका खाना खाई सुतेकी कार्की सुतिरहेका अवस्थामा मृत फेला परेको प्रनाउ प्रसाईंले जानकारी दिनुभयो । 

त्यसैगरी धादिङ बैरेनी–९ का २३ वर्षीय शम्भु खत्री सूर्यविनायक –८ जगातीमा मृतावस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तको गस्ती टोलीले बुधबार साँझ अचेतावस्थामा फेला पारेको खत्रीका उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यसैगरी सूर्यविनायक–९ भातेढिकुरस्थित होटल भ्यूमा काम गर्ने उदयपुर त्रियुगा–१६ का ३० वर्षीय नवराज राई आज बिहान मृत फेला परेका छन् । होटेलकै छाप्रोमा बस्दै आएका राई सोही छाप्रामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई