2026-09-02 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बृद्धाहरुले भने–‘श्रीमान विते पनि बृद्ध भत्ता साहरा बनेको छ’

प्रेम सुनार/कात्तिक १८, गुल्मी ।  ८० नाघेकी बृद्धा ।  सेतै फुलेको कपाल  । दाँत पनि खसी सकेका छन् । श्रीमानको मृत्यु भएको २९ वर्ष भयो भन्छिन उनै रेसुङ्गा नगरपालिका वडा नम्वर ११ की टोपकली टण्डन । पाल्दै आएका छोराको एक वर्ष अघि मृत्यु भयो उनले भन्न्–ि‘ बुढेशकालमा यहि  बृद्ध भत्ता साहरा भएको छ । ’

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले शुक्रवार देखि बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्ता वडा वडा र अशत्तलाई घर घर मै पुगेर वितरण गर्ने कार्य सुरु गरेका छन् । मेयर गाउँ–गाउँ र घर–घरमा पुगेर भत्ता बाँढन सुरु गरेको देखेर थप खुशी थिए उनि जस्तै थुप्रै बृद्धा र बृद्धहरु ।

२० वर्ष अघि श्रीमानको मृत्यु भएकी रुपकला खत्रीले पनि श्रीमानको मृत्यु पश्चात बृद्धा भत्ता साहरा भएको बताईन् । रुमकला राना त पुत्र शोकमा भएर गहभरी आँशु पारी रहेकी थिईन् । ३५ वर्षको छोराको भारतमा केहि दिन अघि मृत्यु भयो उनले गहभरी आँशु पार्दै भनिन–‘ हिजो मात्र क्रियाक्रम  १० वर्षको नातीले ग¥यो , क्रियाक्रमको ऋणले अक्कनबक्क भएर बसेकी थिएँ , यहि वेलामा बृद्ध भत्ता पाउँदा सास फेर्न पाएकी छु ।

एउटा हातले उनका आँशु पुछ्ने गरी अर्को हातमा बृद्ध भत्ताको रकम हस्तान्तर गर्न लागेको मेयर भुसाल पनि केहि वेर उनलाई देखेर भावुक भए । ९४  वर्षकी बृद्धा होमी कुँव।लाई ४ महिनाको बृद्ध भत्ता दिदै मेयर भुसालले भने आमा, यो रकम अरु कसैले दिएको होईन सरकारले दिएको हो, है ।

रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम अर्यालका अनुसार यस अघि कृषि विकास बैकमा धाउँदा बृद्ध बृद्धाहरुले सास्ती खेपेको पाए पछि मेयर भुसालले प्रभु बैकमा प्रत्येको खाता खोल्न लगाएर उनै बैकका कर्मचारीहरुलाई गाउँ गाउँमा पुगेर भत्ता रकम हस्तान्तरण गराउन थालिएको हो । वडा नम्वर ११ मा अपाङ्ग ११ जना जेष्ठ नागरिक १७५ सहित कुला १८३ जनालाई भत्ता वितरण गरिएको छ ।

वडाध्यक्ष धनबहादुर रानाले नियमित  प्रशासनिक सेवालाई समेत सरल पार्दै आएको सेवाग्राहीले बताए । पहिला तम्घास धाउनु पर्दथ्यो तुलबहादुर सार्कीले भने –‘ अहिले त घर नजिकै भत्ता पनि अरु काम पनि तुरुत्तै गराउन पाईएको छ । कार्यकारी अधिकृत अर्यालका अनुसार नगरपालिकाका १४ वटा वडाहरुमा कुल ३ हजार ४६ जनालाई सामाजिक सुरुक्षा भत्ता बाँढिदै छ ।

 मेयर भुसाल प्रत्येक वडा र घर घरमा आफै पुगेर वितरण गर्न पुग्ने बताए । उनि सैगै पुगेकी उप मेयर सिता भण्डारीले महिलाहरु संग घरयासी थिचोमिचो  वा अन्य कुनै पनि समस्या परे फोन गर्न वा वडा मार्फत आफुलाई सुचित गर्न आग्रह गरिन् । जनप्रतिनिधीहरु आए संगै हरेक गाउँमा नियमित सेवाहरुलाई यसरी नै सहज पारिदै लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली