2026-09-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आफ्नो छोरी बचाईदिन गुल्मीकि चेलीद्धारा सबैसँग सहयोगको आग्रह

कात्तिक १९, गुल्मी | गुल्मी कि एक चेलीले आफ्नो बच्चाको ज्यान बचाईदिन सबैसँग आग्रह गर्नुभएको छ । गुल्मेली चेली सपना नेपाली को बच्चा जन्मेको ५ महिनापछि टाउकोमा ट्युमर भई सानो रकमले उपचार सम्भव नभएपछि यसरी उहाँले आफ्नो बच्चा बचाईदिन अनुरोध गर्नुभएको हो । 

उहाँको बच्चाको अहिले उमेर तीन बर्ष पुग्यो उपचार गर्दा पनि निको भने अझै  हुन सकेको छैन । “नेपालका धेरै ठाउँमा उपचारका लागी प्रयास गर्यौ तर सानो रकमले उपचार सम्भव नभएपछि यसरी उपचार खर्च जुटाउँदै हिँडेका छौँ बच्चाकी आमा सपना ले भन्नुहुन्छ । गुल्मीको मुसिकोट कि सपना को बिवाह बुटवल मजुवामा १७ बर्षमा भएको हो । 

उहाँको पहिलो बच्चा जन्मेको पाँच महिना भएपछि टाउकोमा पानी जम्न सुरु गर्यो ज्याला मजदुरी गर्ने उहाँका श्रीमान ले बच्चाको उपचारका लागी खर्च जुटाउन सक्नुभएन अनि अहिले गाउँ सहरमा  पैसा सँकलन गर्दै हिँड्नुभएको छ । उहाँ को अर्को पनि बच्चा छ । दुई बच्चा बोकेर गाउँ गाउँ गहभरी आँसु पार्दै हिँडेकी उहाँले भन्नुभयो “यो आपत छ सहयोग का लागी माईत जाउँ भने आमा बुवा नै हुनुहुन्न उपचार खर्च दिनुस भनेर कसको दैलो ढक ढक्याउँ, , अनि म र श्रीमान सँगै बच्चा बोकेर सहयोग का लागी हिँडेका हौँ । 

“५ बर्ष सम्म पनि उपचारका लागी खर्च सँकलन गर्न सकेनौँ, मेरो बच्चा बाँचेको हेर्न चाहान्छु । तपाईहरुको थोरै पनि सहयोग मिल्यो भने मेरो छोरी पक्कै बाँच्नेछ ।”  सपना भन्नुहुन्छ । देश तथा बिदेशमा रहनुभएका नेपालीहरुले उहाँको बच्चा को उपचारमा सहयोग गर्न चाहानेले उहाँको फोन नँ ९८६१७३९२२९ मा सम्पर्क गरि रकम सँकलन गरि उपचारका लागी रकम जुटाईदिन पनि उक्त दम्पती ले आग्रह गर्नुभएको छ ।

माथिको तश्विरमा: ट्युमरभएको बच्चा र उनको आमा/बुबा |  

– शँकर भुसालको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली