2026-10-28 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका वोटे माझी विद्यार्थीलाई आयो सरकारी खाजा खर्च

प्रेम सुनार/कात्तिक २०, गुल्मी । जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका दुई वटा गाउँमा रहेका वोटे माझी समुदायका विद्यार्थीहरुलाई राज्यबाटै खाज खर्च वापतको रकम आई रहेको बताएको छ । 

जिल्लाको रुरु गाउँपालिका अन्तरगत वम्घाको लक्ष्मी प्रा.वि. र गुल्मी दरवार गाउँपालिको वलिथुम वोटे गाउँको माझी प्रा.वि.गरी १ सय ६५ जना वोटेमाझी समुदायका विद्यार्थीहरुलाई सरकारले खाजा खर्च पठाएको हो ।

जनही २७ सयका दरले खाजा खर्च आएको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताए । क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवाली आगमी दिनमा उनिहरुलाई आवश्यक पाठ्य पुस्तक र खाजा खर्च अरु बढाईने बताएका छन् ।

वोटे माझी लगायतका विपन्नलाई घर पनि

सोही क्षेत्र प्रदेश नम्वर १ का उमेदवार सुदर्शन वरालले आफु सभासद भएको पाला देखि सुरु गरिएको जनता आवास कार्यक्रम अन्तर्गत वोटे माझी समुदाय र अन्य विपन्न वर्गका परिवारलाई पनि व्यवस्थीत घर बनाई दिने बताए । उता क्षेत्र नम्वर १ बाटै प्रतिनिधी सभाका उमेदवार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि सयौं घर निर्माणको तयारीमा राज्य रहेको बता्उँदै आएका छन ।

जनता आवास कार्यक्रम देशैभर माओवादी नेतृत्वका सरकारको पाला देखि सञ्चालन भएको हो । गुल्मीमा तत्कालिन क्षेत्र नम्वर १ का सभासद बरालको संयोजकत्वमा घर बनाउन सुरु गरिएको थियो । वर्षेनी सम्वन्धित क्षेत्रका सांसद जो छन् उनैको संयोजकत्वमा राज्यले यस्ता विपन्न वर्गको घर बनाई दिदै आएको छ । एमाले नेता प्रदिपकुमार ज्ञवालीले राज्यले बनाई दिन  लागेको घरलाई अरु कुनै नेताले आफ्नै खल्तीको रकम हाले झै गरी मैले बनाई दिदै छु भन्ने भ्रम जनतामा नछर्न आग्रह गरेका छन् ।

कक्षा ११ र १२ का विद्यार्थीहरु पाठ्य पुस्तक पनि

सरकारले जिल्ला शिक्षा कार्यालय मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पाठ्य पुस्तकका लागि प्रति विद्यालय ५० हजारका दरले रकम विनियोजन गरी पठाएको छ । जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले ५० हजारका दरले रकम पठाईने र विद्यालय पुस्तकहरु ख्रिद गरी विद्यार्थीहरुलाई दिने बताए । उनले विद्यार्थीहरुले आफ्नो कक्षा पुरा गरी सके पछि ति पुस्तकहरु विद्यालयलाई बुझाउनु पर्ने जानकारी दिए । त्यस्तै कक्षा १ देखि ८ सम्मका सवै विद्यार्थीहरुलाई ४ सयका दरले क्षात्रवृत्ति रकम समेत पाउने भएका छन् । कक्षा ९ र १० का विद्यार्थीहरुले दोहरो सुविधा नपाउने गरी ५ सयका दरले छात्रवृत्ति पाउने पाउने भएका छन् ।

 ३८ वर्ष देखि लेखा परिक्षण नभएकालाई गराईयो

 जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरक्षक झविन्द्र बिश्वकर्माका अनुसार गत ३८ वर्ष अघि देखि लेखा परिक्षण नगराई वसेका कैयौं प्रावि तहका विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले लेखा परिक्षण गराएको छ । लेखा परिक्षण पनि नगराउने र विद्यार्थी संख्या कागजमा किर्ते लेखेर अनुदान खाने कतिपय विद्यालयका हर्ताकर्ताहरु यस कार्यबाट लैनो गाई गुमाएको अवस्थामा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला