पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ ।

मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो ।

मेलम्ची बजार क्षेत्रमा रहेका विभिन्न होटलमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको एक हजार ५०० लिटर घरेलु मदिरा बरामदपश्चात स्थानीय समाजसेवी, पत्रकारसहितको टोलीले नष्ट गरेको हो ।

मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।

यसअघि पनि पटकपटक बजार क्षेत्रका विभिन्न स्थानमा र ओसारपसारको लागि लैजाँदै गरेको मदिरासहित मदिरा बनाउन प्रयोग हुने मर्चा प्रहरी कार्यालय मेलम्चीले बरामद गरेको थियो । रासस