पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर १, बैतडी । </b>रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ । बिहिबार बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो । </p><p>गम्भीर घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ । रासस</p>

