पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ५, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । उहाँले उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न नपाउने बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रजिअ जोशीले बताउनुभयो ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ । रासस