२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी सदरमुकाममा खानेपानीको समस्या यसरी भयो समाधान

२०७४, १४ मंसिर बिहीबार ०४:०२

मङ्सिर १४, बैतडी । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ । 

बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत भदौमा सम्पन्न भएको थियो । 

करिब रु १४ करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको आयोजनाबाट सदरमुकाम र आसपासका ९०० घरधुरी लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो । 

छ किलोमिटरको दूरीमा रहेको काशाीगाड मुहानबाट खानेपानी ल्याइएको उहाँले बताउनुभयो । जिल्लाकै पहिलो गुणस्तरीय स्वच्छ खानेपानी योजना भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजनामा दुई वटा पानी प्रशोधन केन्द्र रहेको छ । 

करिब एक लाख ५० हजार घनमिटर क्षमता भएको रिजर्भ ट्यांकी रहेको र गढी तथा गोठलापानीका पम्पिङ प्रणालीबाट खानेपानी वितरण भइरहेको छ । खानेपानी वितरण भएसँगै सदरमुकाममा खानेपानी समस्या अन्त भएको उपभोक्ता समितिका अध्यक्ष चन्दको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी