२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

उद्योग वाणिज्य संघमा मुस्लिम प्रतिनिधित्वको माग

१८ आश्विन २०७२, सोमबार ०७:१७

असोज ७, प्युठान । जिल्लाका मुस्लिम व्यवसायिहरुले प्यूठान उद्योग वाणिज्य संघको आशन्न नवांै अधिवेशनबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्वको माग गरेका छन् । जिल्लाका विभिन्न बजार केन्द्रहरुमा व्यवसाय गरि बस्ने मुस्लिम समुदायका अगुवाहरुले यस्तो माग गरेका हुन् ।

‘हामी जितेर जान नसक्ने भयौँ ।’ ढुङ्गेगढी–३ वड्डाँडामा कपडा तथा फेन्सी व्यवसायि गरि बस्ने मोहम्मद हलिम मिँयाले भन्नुभयो, ‘संघको विधानले मुस्लिम प्रतिनिधित्वको स्पष्ट व्यवस्था गर्नु पर्दछ ।’ जायज माग सम्बोधन नगरिए संघको सदस्यता लिईरहन आवस्यक समेत नभएको मिँयाले प्यूठान समाचारलाई बताउनुभयो ।

‘मुस्लिमहरुको पनि उद्योग वाणिज्य संघमा अपनत्व हुनु पर्यो ।’ वड्डाँडा बजार ईलाकाका उपाध्यक्ष मोहम्मद मर्सदिन मिँयाले भन्नुभयो । सक्षम र सबल हुँदाहुँदै पनि अल्पसंख्यक भएकै कारण निर्वाचित् हुन समस्या भएको मिँयाको भनाई छ । अनिवार्य मनोनीतको व्यवस्था अबको अधिवेशनले निर्णय गर्नु पर्ने मिँयाको माग छ ।

व्यवसायीहरुका हक अधिकारको संरक्षण एंव सम्वद्र्धन गर्न स्थापित संघमा पछिल्लो समयमा देखिएको राजनीतिक हस्तक्षेप प्रति मुस्लिम व्यवसायिहरुले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लामा छरिएर रहेका मुस्लिम व्यवसायीहरुलाई एकिकृत गर्न समेत अबको अधिवेशनबाट जिल्ला कार्यसमितिमा मुस्लिम व्यवसायिको पँहुच पुग्नुपर्ने बाहानेका व्यवसायि सनम मिँयाले बताउनुभयो । ‘जिल्लाको व्यापार प्रवद्र्धनमा हामीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।’ मिँयाले भन्नुभयो । बाहाने ईलाकाको कार्यसमितिमा मुस्लिमलाई सहभागी नगराईएकोमा मिँयाले चिन्ता व्यक्त गर्नु भयो ।

‘सुर्य जि. को पाला देखि कुरा उठाएको हो ।’ विजुवारमा व्यवसाय गरि बस्ने कलिम मिँयाल भन्नुभयो, ‘व्यक्ति विशेषको मात्र चाहानाबाट नभएर संघको विधान मार्फत आरक्षणको व्यवस्था हुनुपर्दछ ।’ संघको नवौं अधिवेशनमा मुस्लिम प्रतिनिधित्वको विषयमा छलफल हुने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष माधवराज भण्डारीले बताउनुभयो । ‘विधानमा उल्लेख नभएपनि छुट्टै मुस्लिम कोटाको व्यवस्था गर्न सकिन्छ ।’ भण्डारीले भन्नुभयो । जिल्लाका दरभान, वड्डाँडा, दाखाक्वाडी, बिजुवार, बाग्दुला, बाहाने, मच्छी, खलङ्गामा मुस्लिम व्यवसायिहरुले कपडा फेन्सी, कस्मेटिक, जुत्ताचप्पल, खाद्य तथा किराना व्यवसाय गरि बर्सौ देखि व्यापार गर्दै आएका छन् ।यहि असोज ११ गते सँघको नयाँ नेतृत्व चयन गर्दै छ।

फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित)