१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

खाडिबाट बेसाहारा बालबालिकालाइ पारसको आर्थिक सहयोग

१८ आश्विन २०७२, सोमबार ०७:०८

help for children 2

सलिम अन्सारी । असोज १८ , प्यूठान । बिगत एक दशक देखी रोजगारीको शिलशिलामा खाडि मुलुक कतारमा रहेका प्यूठानी युवक बिजुवार ४ निबासी पारस नेपालीले आमावुबा नहुदाँ बिचल्लीमा परेका प्यूठान हँसपुर ८ का ६६ बर्षिय कुन्तीदेवी सुनारको परिवारलाइ आर्थिक सहयोग गरेका छन ।

आमाले दास्रो बिहे र बुवा रमेश सुनार बलात्कारको अभियोगमा जेलमा थुनिएपछी  ६ महिना देखी आफनी ६६ बर्षिय बृद्द वज्यैको सहारामा कष्टकर जिवन बिताउन बाध्यय बालबालिकालाइ युवक नेपालीले आइतबार १० हजार १६ रुपैयाँ रकम बिदेशबाटै न्युज ऐरावती अनलाइनलाइ पठाएका हुन। आमाले दोस्रो बिहे र बावा जेलमा परेपछी सँरक्षणको अभावमा तिन सन्तानको बिचल्ली शिर्षकमा न्युज ऐरावती अनलाइनमा प्रकाशित समाचार पढेपछी सहयोग गर्ने इच्छा जागेको उनले बताए। समाचार पढेपछी दया लाग्यो,उनले भने थोरै भय पनी उनीहरुलाइ राहत मिलोस भनेर सहयोग गरेको हुँ। निर्दोष बालबालिकालाइ सहयोग गर्न पाउँदा खुसी छु। म चाहन्छु उनीहरुले यो पैसा आफनो पढाइ लेखाइमा खर्च गरुन, म चाडै नेपाल फर्कदै छु म आएर उनीहरुलाइ भेटन चाहान्छु नेपालीले न्युज ऐरावतीसँगको कुराकानीमा बताए।

घरमैपुगेरसहयोग हस्तान्तरण

help for children

यसैबिच अभिभाबक बिहिन बालबालिकालाइ सोमबार घर मै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। कतारमा रहेका प्यूठानी युवक पारस नेपालीले पठाएको १० हजार १६ रुपैयाँ न्युज ऐरावती अनलाइनले घर मै पुगेर रकम हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम हँसपुर गाबिस वडा नम्बर ८ की वडा नागरिक मन्च की सँयोजक देवी कुमारी रेश्मी र अस्थायी प्रहरी पोष्ट बडडाडाँका इन्चार्ज बिष्णु सेजुवालले बिचल्ली बालबालिका की वज्यै ६६ बर्षिय कुन्तीदेवी सुनारलाइ सँयुक्त रुपमा हस्तान्तरण गरेका हुन।

कार्यक्रममा पालुथान बचत तथा ऋण सहकारी सँस्था लिमीटेडका अद्ययक्ष पुर्ख सिँ सुनार, हँसपुर गाबिसकी सामाजिक परिचालक हेमन्ता शर्मा, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रका हेफर परियोजना सँयोजक वेदराज पाण्डे पत्रकार सलिम अन्सारी लगायत स्थानिय राजनितिक दलका प्रतिनिधि समाजसेवी र स्थानियको सहभागिता रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सँयोजक बेदराज पाण्डेले बिदेशबाट पनी सहयोग उपलब्ध गराएर नेपालीले पुर्णय कमाएको भन्दै धन्याबाद दिए।

समाज परिवर्तनका लागी मोफसलबाट न्युज ऐरावती अनलाइनल खेलेको भुमीकाको प्रशँसा गर्दै आगामी दिनमा पनी सामाजिक बिकासको सवालमा कलम चलाउन पत्रकारलाइ आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था?