2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अचेत अवस्थामा भेटिएका युवकको मृत्यु

असोज २६, बडडाडाँ / दक्षिणी प्यूठानमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। मगँलबार बिहान बडडाडाँ दर्भान सडक खण्ड अन्र्तगत बागेँसाल गाबिसको बिसेदी खोलामा अचेत अबस्थामा भेटिएका युवकको उपचारका लागी दर्भान तर्फ लैजादै गर्दा बाटो मै ज्यान गएको प्रहरी चौकी दर्भानले बताएको छ।

आज बिहान सो सडक खण्डमा चल्ने एक यात्रु बसले दिएको जानकारीका आधारमा घटनास्थल पुगेको प्रहरीले ती युवकको उद्दार गरेको थियो। अन्दाजी ३५ बर्षका उनको नाम ठेगाना भने खुल्न सकेको छैन।

यसो हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिने मृतक युवकको पुरा शरिर पहेलो भएकोले जन्डिसका कारण उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।

दर्भान प्रहरी चौकीका इन्चार्ज नवराज शाहिले बताए अनुसार उनी निबश्त्र अवस्थामा रहेको र शरिरको कहिकतै चोटपटक नदेखिएकाले यहि कारणले उनको ज्यान गएको हो भन्न नसकिने बताए। मृतकको सनाखत हुन नसकेकाले मृतकको मुजुल्का बनाइ शव स्थानिय गाबिसलाइ जिम्मा लगाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द